फिफा विश्वकपमा आज आइतबार ४ खेलहरू हुँदै , पहिलो खेलमा कोस्टा रिकाले जापानको सामना गर्ने

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं ।
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘इ’ र समूह ‘एफ’ का समान दुई–दुई खेल हुँदैछन् ।

कतारको अहमेद बिन अली रंगशालामा हुने आइतबारको पहिलो खेलमा कोस्टा रिकाले जापानको सामना गर्ने भएको हो । यो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुने भएको छ ।
यसअघि भएको पहिलो खेलमा जापानले जर्मनीलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । यता कोस्टारिका भने पहिलो जितको खोजीमा हुनेछ । कोस्टारिका पहिलो खेलमा स्पेनसँग ७–० को गोलअन्तरमा पराजित भएको थियो ।

अल थुमामा रंगशालामा हुने आजको दोस्रो खेलमा बेल्जियम र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ । यो खेल साँझ ६ः४५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा क्यानडालाई १–० गोलअन्तरले पराजित गर्दै बेल्जियम विजयी भएको थियो ।
आइतबारको तेस्रो खेलमा क्रोएशिया र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल राति ९ः४५ बजे सुरु हुनेछ ।
आइतबारको अन्तिम अर्थात चौंथो खेल भने मध्यराति १२ः४५ मा हुनेछ । यो खेलमा स्पेन र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ ।
यो खेल साँझ ६ः४५ बजेदेखि सुरु हुने भएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला