पोखरा ।
कास्कीको क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका मनबहादुर गुरुङ विजयी भएका छन् ।
गुरुङ एमालेका जिल्ला अध्यक्ष हुन् उनले कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराललाई पराजित गरेका छन् ।
गुरूङले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोरदत्त बराललाई २ हजार ६०९ मतान्तरले पराजित गरेका हुन् ।
एमालेका गुरुङले २५ हजार ७९८ मत ल्याउँदा कांग्रेसका बरालले २३ हजार १८९ मत ल्याए ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले १० हजार नौ सय ४१, राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङले तीन हजार आठ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।