कतार विश्वकप अन्तर्गत आज चार खेल हुँदै, पहिलो खेलमा स्विजरल्याण्ड र क्यामरुनबीच खेल हुदै

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज बिहीबार चार खेलहरु हुँदैछन् ।

कतार विश्वकपमा आज बिहीबार समूह ‘जी’ र समूह ‘एच’ का दुई दुई खेलहरु हुनेछन् ।

दिउँसो पौने ४ बजेबाट सुरु हुने पहिलो खेलमा समूह ‘जी’ मा रहेका स्विजरल्याण्ड र क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै, साँझ पौने ७ बजे सुरु हुने दोस्रो खेलमा समूह ‘एच’ मा रहेका उरुग्वे र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ ।

विश्वकप अन्तर्गत नै बिहीबार हुने तेस्रो खेलमा समूह ‘एच’ मा रहेका पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुनेछ । उपाधि दाबेदार पोर्चुगल र घानाबीचको खेल राति पौने १० बजे सुरु हुनेछ ।

त्यस्तै आज बिहीबार हुने चौथो खेलमा समूह ‘जी’ मा रहेका उपाधि दाबेदार ब्राजिल र सर्बियाबीच राति पौने १ बजे प्रतिस्पर्धा हुनेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला