पोखरा ।
कास्कीको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२) सदस्यका लागि नेपाली काँग्रेसका विन्दुकुमार थापा विजयी बनेका छन्।
थापाले निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार मिना गुरुङमाथि १ हजार ३०९ मतान्तर निकाल्दै जित हासिल गरेका हुन्।
अन्तिम मत परिणाममा थापाले ९ हजार २८० मत पाएका छन्।
मिना गुरुङले भने ७ हजार ९७१ मत पाइन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अरुण गिरीले ३ हजार ९०३ मत ल्याए ।