स्थानीय चुनावः आज मनोनयन दर्ताको अन्तिम दिन, आजै सूची प्रकाशन हुने

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनका लागि आज सोमबार पनि मनोनयन दर्ता हुँदैछ । आइतबारबाट मनोनयन दर्ता भए पनि न्यून मात्रामा उम्मेदवारी परेको छ ।

साना दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराए पनि विशेषगरी सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेले धेरैजसो ठाउँमा आज मनोनयन दर्ता गराउँदैछन् ।

७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि मनोनयन दर्ता हुने भए पनि आइतबार १० हजार ५ सय २३ जनाको मात्र उम्मेदवारी परेको छ । बिहान १० देखि साँझ ४ बजेसम्म मनोनयन दर्ताको समय राखिएको छ ।

मनोनयन दर्ता भएका उम्मेदवारको सूची आजै प्रकाशन हुनेछ । निर्वाचन आयोगका प्रवक्ता शालिकराज शर्मा पौडेलले मनोनयन सकिएपछि सोमबार नै उम्मेदवारहरूको सूची प्रकाशन गरिने बताए ।

यसअघि एकै दिन मनोनयन दर्ता र उम्मेदवारहरूको सूची प्रकाशन गर्नुपर्दा समयको चाप परेको उनको भनाइ छ । सूची प्रकाशनपछि भने १३ वैशाखमा उम्मेदवारविरुद्ध दाबी–विरोध गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

१४ र १५ वैशाखमा मनोनयन पत्र जाँच गर्ने र परेका उजुरीको जाँचबुझगरी निर्णय गर्ने, १५ गते नै उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने, १६ वैशाखमा भने उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ ।

निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला