इन्द्रेणी थिएटरको चित्रकला प्रतियोगितामा रिना पटेल प्रथम ( भिडीयो सहित )

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, कात्तिक २९ ।
इन्द्रेणी थिएटर पोखराको आयोजनामा गण्डकी प्रदेशका विद्यालयलाई समेटेर ‘क्यानभासमा बालमनोविज्ञान’ प्रदेशस्तरीय विद्यालय चित्रकला प्रतियोगिता २०७८ सोमबार नगेन आर्ट एकेडेमीमा सम्पन्न भएको छ ।

चित्रलाई निर्णायकले मूल्यांकनबाट प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थानमा छुट्याएका थिए । त्यसमा क्रमशः रिना पटेल, सपना नेपाली, रोशना पौडेल र आश्मा रिमाल छन्। उनीहरुले क्रमशः ५ हजार, ४ हजार, २ हजार र १ हजार नगद पुरस्कारसहित मायाको चिनो र प्रमाणपत्रसँगै नगेन आर्ट एकेडेमीबाट ७५%, ५०% र २५% छुट प्राप्त गरेका छन् ।

प्रमुख निर्णायक प्राज्ञ नगेन सिंहले विद्यार्थीले चित्रकला मात्र बुझेका कारणले २०३ चित्रकलामा १२ मात्र थिममा बनेको बताउदै अब नगेन आर्ट एकेडेमी मार्फत चित्रकलाको ज्ञान बाड्ने जानकारी दिनुभयो ।

इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले प्रतियागिताको शिर्षक भाईटिका रहेको तर धेरै विद्यार्थीले अन्य चित्र पठाएका कारणले १२ कलाकृति छान्न परेको बताए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला