पर्यटकलाई मनोरञ्जन दिँदै टापु रेस्ट्रो एन्ड कटेज

केदार धमला
  • ख-
  • ख+

पोखरा-१८ ग्यारजातिमा यतिखेर चहल पहल बढन थालेको छ । आन्तरिक तथा वाह्य पर्यटकको रुचाई र रोजाइमा पर्न थालेको हो । पोखरा महानगरपालिका भन्दा पनि भिन्न, आकर्षक र आँखाको मनमोहक दृष्यले त्यसतर्फ ध्यान तानेको हो । राष्ट्रिय विभुति तथा सहिद पार्कसँगै रहेको टापु रेस्ट्रो एन्ड कटेजले पर्यटकको मन ल्योभ्याउन सफल भएको छ ।
पोखरा घुम्न आउने पर्यटकले पिङ खेल्ने र हातमा बसेर पोखरा नियाल्ने अवसर सदुपयोग गर्ने वातावरण मिलाएको कारण त्यस क्षेत्रको मुहार बदलिएको हो । दैनिक २/३ सय पर्यटक भित्रिने गरेको सञ्चालक राजु थापा बताउँछन । ताल, हिमाल, सिंगो पोखरा, महादेव मुर्ति, शान्ति स्तुपा लगायत सराङकोटको दृष्य एकै स्थानमा बसेर नियाल्न सक्ने भएपछि टापु रेस्टो एन्ड कटेजले थप लगानी गर्दै पोखराको वसाईमा १ दिन भए पनि लम्ब्याउन सकिने राजु थापाको भनाई छ । उनीसँगको कुराकानीमा २ करोड बढी लगानीमा साडे ५ रोपनी क्षेत्रफल भएको डाँडामा कटेज स्थापना गर्दा आफैलाई आनन्द लाग्ने गरेको बताए ।
गरे के हुँदैन भन्ने भावनामा उनले पुष्पराज बास्तोला र अल्ट्रालाइट पाइलट आफ्नै छोरा निरज थापाको संयुक्त लगानीमा सुरु गरेको व्यवसायबाट स्थानीय २५ जना भाइवहिनीलाई रोजगारी समेत दिएका छन । कोरोना कहरकै बीचमा सुरु गरेका व्यवसायले आफ्नो घर र आँगनलाई सफा, स्वच्छ र पहिचान बनाउन माता पिताको आर्शिवाद र टापुथरे घरको पहिचानलाई फैलाउन कस्सिएको उनको भनाई छ ।
गाई, बाखासमेत चर्न नसक्ने डाडाँ जन्मेदेखि हेरिरहेपनि कुनै उपयोग नभएको देखेका राजुले गर्न चाहे जस्तो पनि हुने रहेछ भन्ने पत्तो बल्ल पाएको सुनाए । पदम नर्सिंङ होममा एम्बुलेन्स चलाएर धरैको उद्धार र सहयोग गरेका थापाले छोरा र छोराको साथीलाई उनीहरुको व्यवसायमा धक्का नपर्ने गरी आफुले कटेज हेरिरहेका छन । मेथलाङ भन्दै पर्यटक आउँदा मनमा नमिठो लागेपनि अहिले ग्यारजातिको नामले यस क्षेत्रको पहिचान बढिरहँदा आनन्दानुभुति गर्ने राजुले कटेजमा टुर प्याकेज बनाउने बताए ।

 

सुरुमा इन्जिनियरले फिल्डमा डिजाईन दिन नसक्दा कटेजले मुर्तरुप नपाउने होकी भन्ने चिन्ता बोकेका राजुले आफ्नै शैलीमा संरचना निर्माण गर्दै अघि बढेका थिए । ०७८ बैशाखदेखि सुरु गरेको व्यवसाय आजसम्म आइपुग्दा हजारौ पर्यटकले अवलोकन गरिसकेका छन भने मासिक १ देखि २ लाखसम्म आम्दानीसमेत गर्दै आएका छन ।
यसोतः ग्यारजातिमा मर्निङवाक गर्नेको चहलपहल पनि छ । उकालो हिडदै जाँदा थकाई मार्ने, चिया, कफि पिउने र साथीसंगीसँग भेटघाट गर्ने थलो समेत बनेको छ टापु कटेज । कटेजका क्यासियर आशिष थापाले स्थानीयलाई सीप सिकाउँदै व्यवसायमा लगाव बढाउन पाउनु सकारात्मक भएको बताए । आफ्नो घर छेउमै रोजगारी र जन्मेको ठाउँको पहिचान बढाउन पाउनु, देश तथा विदेशी पाहुनालाई स्वागत गर्नु र आम्दानीबाट घर चलाउन पाउनु सवै कर्मचारीलाई सुखद पक्ष भएको उनको धारणा छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला