बाटुलेचौरमा सारंगी भिलेज बनाउँछौं : युवा उम्मेदवार अरुण गिरी

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, कात्तिक २२ ।
पोखराको वडा न. १६ लाई सारंगी भिलजेको अवधारणामा विकास गर्ने अवधारणासहित राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट कास्की क्षेत्र नं २ (ख) मा उम्मेदवारी दिएका अरुण गिरीले त्यस क्षेत्रमा चुनावी घरदैलो गरेका छन् । सारंगीका लागि नेपालकै ठूलो खुला पाठशालाको रुपमा पोखरा–१६ स्थित बाटुलेचौरलाई विकास गर्न जरुरी रहेको गिरीले बताए ।

आफूले पोखरा(१६ को विशेषतालाई ध्यानमा राखेर बाटुलेचौरलाई सारंगी भिलेज घोषणा गर्ने र त्यसका लागि आवश्यक पूर्वाधारहरुको विकासका लागि नीतिगत रुपमा पहल गर्ने सवालमा आफ्नो घोषणापत्रमा उल्लेख गरेको पनि गिरीले जानकारी दिए ।

‘नेपालको मौलिक बाजा सारंगी र सारंगीसँग प्रत्यक्ष जोडिएको गायक समुदायको बाक्लो बस्ती रहेको बाटुलेचौर लगायतको क्षेत्रलाई सारंगी भिलेजको रुपमा विकसित गरि यहाँको आर्थिक अवस्थाको सुधार गर्ने मेरो योजना छ’, गिरीले भने, ‘मौलिक बाजागाजाको संरक्षण गर्दै त्यसको बजारीकरणका लागि पनि मैले आफ्नो अवधारणामा स्पष्ट रुपमा उल्लेख गरेको छु ।’

राप्रपा नेता गिरीले बाटुलेचौर स्वर्गीय गायक धर्मराज थापा, झलकमान गन्धर्भ लगायत थुप्रै स्रष्टाहरुको जन्म भएको पुण्यभूमि भएकोले पनि कलाप्रेमीहरुको लागि खुला विश्वविद्यालयको रुपमा यसलाई विकास गर्न सकिने बताए ।

मौलिक कला र सँस्कृतिको विकास गर्दै नवयुवा पुस्तालाई पनि व्यवसायिक रुपमा त्यस क्षेत्रमा लगाउनका लागि आवश्यक पहल गर्ने सवालमा आफू सधैं अग्रसर रहने गिरीले बताए । उनले भने, ‘म आफैँ पनि कला क्षेत्रसँग जोडिएको व्यक्ति भएर पनि हुन सक्छ, यस क्षेत्रलाई हामीले कलाको हब बनाउन सकिन्छ भन्ने कुरामा ढुक्क छु ।’ उनले भने, ‘पुर्खाहरुको ठूलो साहित्यिक विरासत बोकेको क्षेत्रलाई अझै बढि प्रचार(प्रसार गरि स्थानीयको आर्थिक स्तरोन्नति गर्न सकिने ठूलो सम्भावना पनि छ ।’

राप्रपा नेता गिरीले राप्रपा पार्टी र आफ्नो व्यक्तिगत एजेण्डा पनि वैदिक धर्मसँगै संस्कार र संस्कृतिको जगेर्ना गर्नु भएकोले आफू त्यसप्रति बढि गम्भीर भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

पोखरा(१६ मा पर्ने बाटुलेचौर, लामाचौर र दीप लगायतका क्षेत्रमा सोमबार गिरीले आफ्नो समूहसहित घरदैलो कार्यक्रम गरेका थिए। घरदैलोमा पुगेर आफ्नो धारणाहरु बताइरहँदा गिरीलाई स्थानीयले आफूहरुको बारेमा गम्भीर भएर सोंच्ने युवा नेताको रुपमा पाएको प्रतिक्रिया दिए । साथै उनीहरुले गिरीलाई आफूहरुले जिताउने वचन दिँदै भनेअनुसारको काम गरेर देखाउन आग्रह समेत गरेका थिए ।

राप्रपाका युवा नेता गिरीले आफूप्रति विश्वस्त हुन मतदाताहरुलाई आग्रह गरेका थिए । उनले आफू धर्म र संस्कारका लागि राजनीतिमा होमिएकोले कुनैपनि पाप काम नगर्ने कसम समेत खाए । साथै उनले धर्म जोगाउने अभियानसहित चुनावमा होमिएको आफूलाई मतदान गरि सो अभियानमा सरिक हुन सबै मतदाताहरुलाई आग्रहसमेत गरेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला