‘गठबन्धनको घोषणा, नीति र विचार अनुरूप जनपक्षिय काम गर्छौं’

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २१ कात्तिक ।
कास्की–२ मा गठबन्धनका उम्मेदवारहरुको चुनावी घर दैलो जारी रहेको छ । २ वटा प्रदेश सभाको क्षेत्र अनुसार प्रदेश उम्मेदवारहरु आ–आफ्नो क्षेत्रमा भोट माग्न तल्लिन छन् । प्रदेश सभा (क) मा माओवादी केन्द्रका विश्वप्रकाश लामिछाने र (ख) मा नेपाली कांग्रेसका विन्दुकुमार थापा घरदैलो र कोणसभामा व्यस्त छन् ।

सोमबार विश्वप्रकाश लामिछाने पोखरा २१ मा थिए । भने, थापा पोखरा १६ मा घरदैलो अभियानमा व्यस्त रहे । पोखरा २१ मा रहेका पाँच दलीय गठबन्धनको तर्फबाट कास्कीको निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले गठबन्धनको घोषणा, नीति र विचार अनुसार नै जनपक्षिय काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । चुनावी अभियानको क्रममा जनताको घरदैलोमा पुगेका उनले जनताको सेवाका लागि गठबन्धनले जे घोषणा र नीति विचार तय गरेको छ, सोही अनुरूप नै आफूले काम गर्ने प्रतिबद्धता जाहेर गरेका हुन् ।

नागरिकहरूलाई न्यूनतम आधारभूत आवश्यकताहरूको परिपूर्ति गर्दै विकास र समृद्धिको यात्रामा अगाडी बढाउने आफूहरूको योजना रहेको बरालले बताए । कृषिमा प्रचुर सम्भावना बोकेको निर्मल पोखरी क्षेत्रलाई कृषिको पकेट क्षेत्रका विकास गरिने उनले बताए । आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि कृषिमा आधुनिकीकरण आवश्यक रहेको उनले बताए । पूर्वाधार निर्माणमा पनि यस क्षेत्रलाई विशेष प्राथमिकता दिने उनले प्रतिबद्धता जाहेर गरे । निर्मल पोखरी लगायत स्थानको पर्यटन विकासका लागि आफूहरू प्रतिबद्ध रहेको उनले बताए । पर्यटन सम्बन्धी विषयको शिक्षणका लागि निर्मल पोखरीमा क्याम्पस खोल्ने कुरा समेत अगाडी बढाइएको उनले बताए । जसले गर्दा यस क्षेत्रको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुग्नेछ । महानगरको ग्रामीण क्षेत्रको कर प्रणाली सुधारमा महानगरसँग आवश्यक समन्वय गर्ने बरालले बताए ।
कार्यक्रममा प्रदेश २ (क) का उम्मेदवार विश्वप्रकाश लामिछानेले पोखरा २१ लाई महानगर भनेपनि महानगरबासी भएको अनुभूती गर्न नसकेको बताए । त्यसैले गठबन्धनले जितेमा प्रत्येक वडामा समानुपातिक विकास गर्ने प्रतिवद्धता जनाए । पोखरा २१ विगतमा अन्नको भण्डारको रुपमा परिचित भएकाले त्यसलाई कायम गर्दै कृषिमा आधुनिकीकरण र व्यावसायीकरण गर्ने उनले बताए । साथै साविक कृष्तिनाच्नेचौरको विकास सधैं सँगै रहने उनको प्रतिवद्धता छ ।

कोणसभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बराल, नेपाली कांग्रेसका नेता देवराज चालिसे, संविधान सभा सदस्य बिन्दा राना, माओवादी केन्द्रका नेता निर्मलबहादुर अधिकारी, नेकपा एसका नेता खड्क हमाल लगायतले गठबन्धनले जित्नुपर्ने बताएका थिए ।
कास्की २ (ख) का उम्मेदवार विन्दुकुमार थापाले पोखरामा १६ मा कोणसभा नगरी मतदाताहरुलाई घर मै पुगेर भेटेका थिए । प्रत्येक मतदाताको घरमा पुगेका थापाले उनीहरुको समस्या टिप्न भ्याएका थिए । त्यहाँका जनताले उम्मेदवार थापालाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको समस्या सुनाएका थिए । थापाले पनि आफू निर्वाचित भएमा समस्या समाधानमा पहल गर्ने बताए । मतदाताहरु खुसी हुँदै उम्मेदवार थापालाई अघिल्लो पटक जिताउँदा पनि राम्रो काम गरेको र यो पटक पनि जिताउने बताए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला