माया र सहानुभूतिलाई मतमा परिणत गर्दिनुस : स्वतन्त्र उम्मेदवार गुरुङ

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २१ कार्तिक ।
कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार महादेव गुरुङले मतदाताले आफू प्रती देखाएको माया र सहानुभूतिलाई मतमा परिणत गर्न आग्रह गरेको छन । मतदाताले घरदैलोमा जाँदा पुरानो, भ्रष्टाचार बिरोध, निडर र बिकासप्रेमी नेता जनताको सेवामा आउन चाहेको भन्दै सहयोग गर्ने बताएका थिए ।

उक्त बिचारलाई मंसिर ४ गते हुने निर्वाचनमा मतका रुपमा दिन नेता गुरुङले आग्रह गरेका हुन । गुरुङले आज पोखराको सिद्धार्थ चोक देखि बगालेटोल, कुँवरटोल, आलुमाईला चोक हुँदै सृजना चोक सम्म घरदैलो र मतदाता भेटघाट गरेका हुन । मतदाताले गुरुङ निस्वार्थ, देशप्रेमी, बिकास प्रेमी र सेवा भाव भएको नेताको रुपमा चिनेको बताए ।

अस्थिर राजनीति, बदलिँदो परिवेश र भ्रष्टाचार बिकास भइ रहँदा गुरुङ जस्तो निता आवश्यक भएको भन्दै यसपालिको निर्वाचनमा क्षेत्र नं। २ बाट गुरुङले जित्नु पर्ने बताए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला