बैदाममा गठबन्धनका उम्मेदवार जिताउन ज्येष्ठ नागरिकहरु एक मत

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, कात्तिक २१ ।
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनलाई लक्ष्य गर्दै नेपाली काग्रेस सर्मर्थित जेष्ठ नागरिकहरुले पोखरा महानगर पालिका वडा नं –६ बैदाममा ज्येष्ठ नागरिक संघ गठन गरेका छन । गठबन्धनका उम्मेदबारलाई जिताउने उद्देश्यले वडा देखी टोल तहसम्म प्रचार प्रसारका लागि ज्येष्ठ नागरिक संघ गठन गरिएको हो ।

आइतबार बसेको ज्येष्ठ नागरिकहरुको वृहत भेलाले नेत्रपाणी न्यौपानेको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यहरुका रत्न बहादुर ठकुरी, जनकलाल श्रेष्ठ, हरिशचन्द्र पहारी, घनश्याम बोगटी तेसैगरि इमनाथ जैसी, लोकराज पहारी, गोविन्द बहादुर पहारी र जिबनाथ गौतम रहेका छन ।
बडा नं ६ बैदाम क्षेत्रलाई आठ टोलमा बिभाजित गरि टोलको नामाकरण सहित सदस्यहरुलाई नै टोलको संयोजक बनाइएको संयोजक नेत्रपाणी न्यौपानेले जानकारी दिए ।

समाजको समग्र विकासमा ज्येष्ठ नागरिकहरुको भुमिका महत्वपूर्ण रहेको छ । जिवनका महत्वपूर्ण समय समाजमा हरेक क्षेत्रमा सेवा गरेका ज्येष्ठ नागरिकहरुबाट टोल समुदाय, वडा र समग्र देशले नै निरन्तर सामाजिक कार्यमा सहयोग लिनु र समाज सेवामा सक्रिय सहभागिता गर्नु सान्दर्भिक हुने हुदा नेपाली काग्रेसको हित प्रवद्र्धन गर्ने अभिप्रायले ज्येष्ठ नागरिक संघ गठन गर्नु परेको संयोजक न्यौपानेले बताए ।

इकाई सभापति सन्तोष पौडेलले वडामा संञ्चालन गरिने कार्यक्रमहरु र प्रवाह गरिने सेवामा ज्येष्ठ नागरिकहरुको भुमिका सहित परिचालन गर्न, संस्थागत रुपमा नेपाली काग्रेसलाई स्थानिय रुपमा सक्रिय बनाइ राख्न पनि ज्येष्ठ नागरिकहरुको महत्वपूर्ण योगदान रहने उल्लेख गरे ।
भेलामा उपस्थित ज्येष्ठ सदस्यहरुले गठबन्धनका उम्मेदबारहरुलाई बिजय गराउन केन्द, प्रदेश हुदै क्षेत्र र वडा बासी सबै नागरिकहरु लाग्नु पर्ने कुरामा जोड दिएका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला