कालिकाको खानेपानी समस्या मुक्त गराउँछु : गुरुङ

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २० कात्तिक ।
पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र १ (ख) का दिपक गुरुङ माइलाले स्थानीयलाई पानीको समस्याबाट मुक्त गर्ने बताएका छन् । आइतबार पोखरा महानगरपालिका–२८ को कालिकाका विभिन्न टोलमा घरदैलो कार्यक्रममा गुरुङले पानीको ट्याङ्की बनाएर भएपनि स्थानीयको समस्या समाधान गर्ने बताएका हुन् ।

‘पाँच वर्षपछि फेरी यही ठाउँमा आउँदा पानीको समस्या हुनेछैन्,’ उनले भने, ‘अहिले पानीको समस्या सुन्छु अर्को पटक अर्कै समस्या सुनाउनुहोला । त्यो बेलासम्म पानीको समाधान भइसकेको हुनेछ ।’ उनले पाँच दलीय गठबन्धन मिलेर आएकोले विकास सम्भव रहेको बताए । टोल, गाउँमा बेरोजगारको समस्या सुनेका गुरुङले उद्यमशील फ्याट्री खोल्ने आश्वासन बाडे । ‘बहुउद्धेश्यीय समाज घर, आमा समूह घरमा युवालाई सिप सिकाएर उद्यमशिल बनाउनेछु,’ उनले भने, ‘त्यसपछि गाउँमै विकास हुनेछ । विदेशको मोह हराउनेछ ।’

घरदैलो अन्तर्गत कालिकाको काफलबारी पुगेका गुरुङलाई स्थानीयले पुल नबन्दा समस्या परेको गुनासा सुनाए । वडा नं १३ र २८ जोड्ने पुल विचमै रोकिँदा काफलबारी विकास हुन नसकेको स्थानीयको गुनासो थियो । गुरुङले निर्वाचित भइसकेपछि पहिलो काम पुल निर्माणमा लाग्ने बताए । ‘तपाईँका समस्यालाई मैले टिपोट गरेको छुँ । म भ्रष्ट्रचार गर्न राजनीतिमा आएको होइन् । समाज विकास गर्नको लागि हो,’ उनले भने, ‘पुलको काम अध्ययन गरेर निर्वाचित भइसकेपछि काम सुरु हुनेछ ।’ गुरुङले आफ्नो लभ्य भनेको इमान्दारपूर्वक जनताको सेवा गर्ने स्थानीय माझ सुनाए ।
नेपाली काँग्रेस वडा २८ का सभापती विश्वरमण अधिकारीले इमान्दारपूर्वक लागि परेर गठबन्धनको सरकारलाई जिताउन आग्रह गरे । ‘कालिकाको विकासको लागि आफ्नै घरआगनका नेता पाएका छौं । अब जिताउने काम हामी सबैको हो,’ उनले भने ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला