पोखरा २१ पिपलडाली पुगेर विश्वप्रकाशले भने–‘निशुल्क स्वास्थ शिक्षा र रोजगारी सबैले पाउनुपर्छ’

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा २० कात्तिक ।
आगमी मंसिर ४ मा हुने प्रदेश सभा निर्वाचनमा पाँच दलीय गठबन्धनमा साझा उम्मेदवार विश्वप्रकाश लामिछानेले नागरिकले निशुल्क शिक्षा र स्वास्थ्य अनि रोजगारीको सुनिश्चितता पाउनुपर्ने बताएका छन् ।
नेपालको संविधानले नै यस्तो व्यवस्था गरेको बताउँदै लामिछानेले यसका लागि आफुले निरन्तर लँडाई जारी राख्ने दावी समेत उनले गरेका छन् ।
निर्वाचन अभियान अन्तरगत आईतवार पोखरा महानगरपालिका २१ पिपलडालीका मतदातालाई सम्बोधन गर्दै नागरिकका धेरै मौलिक हक सुनिश्चित गरेको संविधान सिद्धाउने षडयन्त्र भएकाले गठबन्धन गरेर निर्वाचनमा जानुपरेको स्पष्ट पारे ।

‘संविधानको रक्षा र कार्यनयन गर्न गठबन्धन भएको हो । संविधानमै शिक्षा निशुल्क सबैले पाउनुपर्छ, स्वास्थ्य निशुल्क सबैले पाउनुपर्छ र सबैले रोजगारी पाउनुपर्छ भनेर लेखियो ।’ उनले भने ।
‘जनताका धेरै हकहरु सुनिश्चित गरिएको संविधानका धाराको उल्लंघन गर्ने र संसद विगटरन गर्ने काम भयो, त्यसैले गठबन्धनको आवश्यकता पर्यो ।’ उनले भने ।
आफु विपिको र पुष्पलालको सपना पूरा गर्न आएको भन्दै लामिछानेले भ्रष्टाचारमा शुन्य सहनशिलता कायम गर्ने दावी समेत गरे ।
जनताको सेबा सँगसँगै यस क्षेत्रमा रहेका निर्माणधिन पुल सम्पन्न गर्न दवाव दिने, चक्रपथ बनाउने लगायतका योजना आफुसँग रहेको उनको भनाई थियो ।

अभियानमा नेकपा (एकीकृत समाजवादी)का स्थाई कमिटी सदस्य तुलबहादुर गुरुङले पोखरा २१ मा बाटो पुलको समस्या भएको जनताको गुनासो आएकोले गठबन्धनका उम्मेदवारले सम्बन्धित निकायमा पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने र थप बिकास गर्न बाँकी रहेको बताए ।

‘गठबन्धनको सरकार बनेको खण्डमा धेरै काम गर्न सकिन्छ । यहाँ काम धेरै गर्न बाँकी छ । आफ्नो भाग्य कोर्ने समय ५ वर्षमा आउँछ, अहिले पनि आएको छ, राम्रो भाग्य कोर्न गठबन्धनलाई मत दिनुस् ।’ उनले भने

कार्यक्रममा फेदिपाटन टोल बिकास संस्थाका अध्यक्ष प्रकाश पौडेलले निर्माणाधीन अवस्थामा रहेको दम्सादी घाटको पुल निमार्ण सम्पन्न गर्न माग गरे । यसैगरी पिपलडाली टोल बिकास संस्थाका अध्यक्ष गुरुप्रसाद पौडेलले पोखरा महानगरमा भएर पनि बिकटमा झैं बस्नु परेको गुनासो गर्दै आफुहरु बिकासबाट बञ्चित भएको बताए ।
पार्दि खोला युवा क्लबका अध्यक्ष भानुभक्त पौडेलले अहिले पनि जुन जोगी आएपनि कानै चिरेको जस्तो हुन नहुनेमा जोड दिए । ‘हामीमा नैराश्यता छाएको छ, म कुनै पनि पार्टीको सदस्य छैन, राम्रो मान्छेलाई मात्र भोट दिने छु ।’ उनले भने ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला