व्यवस्था बदल्ने वाम–कांग्रेस सहकार्यबाटै समृद्धिः कोइराला

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २० कात्तिक
सरकार बनाउने र गिराउने खेलमै रुमलिएको संसदीय राजनीति र दशक लामो सशस्त्र विद्रोह माओवादी– कांग्रेस सहकार्यले सुरक्षित अवतरण भए । दोस्रो जनआन्दोलनमा यो सहकार्यले अभूतपूर्व जनसमर्थन पायो, संघीय लोकतान्त्रिक गणतन्त्रमा देश गयो । त्यसपछि फेरिएको राजनीतिक समीकरणले देशलाई अघि बढाउन सकेन । अहिले फेरि माओवादी–कांग्रेससहित ५ दल गठबन्धन गरी सरकार सञ्चालनसँगै चुनावमा छन् ।

कास्की १ का सत्ता गठबन्धनका उम्मेदवारहरुले अहिलेकै वाम–कांग्रेस सहकार्यबाट मात्रै स्थिरता, सुशासन र समृद्धिको यात्रा सफल हुने दाबी गरेका छन् । आइतबार रुपा गाउँपालिका वडा नं. ६ का बराहथोक, मियाँगाउँ लगायतका ठाउँमा भएका चुनावी कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । कास्की १ (१)मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार दीपक कोइरालाले अबको समृद्धिको जग अहिलेकै गठबन्धन बन्ने बताए ।

कोइरालाले भने, ‘माओवादी–कांग्रेस सहकार्यले व्यवस्था परिवर्तन भयो, अब समृद्धिमा पनि यही सहकार्यबाट सम्भव छ ।’ गण्डकी प्रदेशसभामा गएको कार्यकालमा सोही क्षेत्रबाट सांसद चुनिएका कोइरालाले पहिलो कार्यकालमा प्रदेशको जग निर्माणसहित विकास, निर्माणमा तीव्रता दिइएको उल्लेख गरे । उनले कोटभैरवको योजना विकास, मियाँगाउँमा मदरसा र बाटो कालोपत्र गर्न पहल गर्ने प्रतिवद्धता जनाए ।

माओवादी केन्द्रीकी समानुपातिक उम्मेदवार जुवेदा खातुनले विभेद, उत्पीडनको जरा उखेल्ने माओवादीलाई नजिताए तल्लो वर्गको उत्थान हुनै नसक्ने जिकिर गरिन् । उनले भनिन्, ‘मुस्लिम समुदाय धेरै इमान्दार भए पनि अरुले नागरिक नठान्ने परिपाटी थियो । हामीलाई विदेशी जस्तो ठानिथ्यो । माओवादी जनयुद्धकै जगमा हामीमाथि हुने विभेद हट्यो, हामी मुलधारमा आउँदै छौं ।’

कार्यक्रममा सत्ता गठबन्धनबाट कास्की १ का उम्मेदवार किशोरदत्त बरालले संघ सरकारमा कास्कीको प्रभावशाली प्रतिनिधित्व जरुरी भएको बताए । विगतमा निर्वाचनहरुले काम गर्न नसक्दा यो क्षेत्रमा ठूला योजना नपरेको र समृद्धिको आधार बन्न नसकेको उनले दाबी गरे ।
कांग्रेस नेता कृष्ण केसी गठबन्धन अहिलेको अवश्यकता भएको उल्लेख गर्दै यही सहकार्यकै जगमा समृद्धिको खाका कोरिने उल्लेख गरे । पूर्वमन्त्री यज्ञबहादुर थापाले संविधानलाई बारम्बार कुल्चिने र आफूले बहुमत पाएको प्रतिनिधिसभा बारम्बार विघटन गर्नेले चुनावमा मत माग्ने नैतिकता नहुने दाबी गरे । कांग्रेस सहमहामन्त्री जीवन परियारले ५ वर्षमा गाउँपालिकाका भवनको पनि निर्माण गर्न नसक्नेले विकासका कुरा गर्दा जनताले पत्याउन नसक्ने उल्लेख गरे ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला