मोरङमा जारी पाँचौं संस्करणको बेलबारी गोल्डकपकोबाट बाहिरियो सहारा क्लब

नगेन न्यूज
  • ख-
  • ख+

कार्तिक १९, मोरङ ।

मोरङको बेलबारीमा पाँचौं संस्करणको बेलबारी बुद्ध एअर अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता संचालन भईरहेको छ ।सो प्रतियोगितामा सेमिफाइनल खेलका लागि आज पोखराको सहारा क्लब र विभागिय टोली सशस्त्र प्रहरीको एपीएफ (काठमाण्डौं) बीच भिडन्त भएको थियो ।

सेमिफाइनलको लागि भएको उक्त दुई टोलीबीचको भिडन्तबाट सहारा क्लब बाहिरिएको छ ।उपाधि जित्ने लक्षसहित मोरङको बेलबारी डांगीहाट खेल मैदानमा उत्रिएको सहारालाई सेमिफाइनल पुग्नबाट विभागीय एपीएफ बाधक बनेको हो ।

उत्कृष्ट खेल पस्केको सहारा क्लब विभागीय सशस्त्र प्रहरीको एपीएफ ९काठमाण्डौं० सँग टाइब्रेकरमा ५–४ को गोल अन्तरले पराजय भएको हो । निर्धारित ८० मिनेटमा दुबै टोलीले १–१ को बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा सहाराका कप्तान अजित भण्डारीसहित सरोज योञ्जन, दीपेश आलेमगर, जय गुरुङले टाइब्रेकरमा गोल गर्न सफल भएका थिए । आशिष गुरुङको टाइब्रेकर सूट भने एपीएफका गोलरक्षक राजु नगरकोटीले रोकेका थिए ।

यता, एपीएफको तर्फबाट भने गोलरक्षक राजु नगरकोटीसहित नविन लामा, हरि कार्की, सुदिप सिख्राकार र श्याम नेपालीको टाइब्रेकर सूट गोलमा परिणत भएको थियो ।

सहाराका गोलरक्षक टिकेन्द्र थापाले घँुडाको चोटका कारण भने टाइब्रेकरमा पूरै खेल्न सकेनन्। एपीएफका हरि कार्कीको टाइब्रेकर सूट दायाँ खुट्टाले रोक्न खोज्दा टिकेन्द्रको घँुडाको चोट बल्झिन पुगेको थियो ।

यसअघि, नै एपीएफको फ्री–किक गोललाई रोक्न खोज्दा टिकेन्द्रको घुँडामा चोट लागेको थियो । सोही चोटका कारण टिकेन्द्रको सट्टामा डिफेण्डर आशिष गुरुङ्गले सहाराको गोल पोष्ट सम्हाल्न पुगेका थिए । निकै उत्कृष्ट खेल प्रदर्शन गर्दा–गर्दै समेत सहारा सेमिफाइनल पुग्नबाट बञ्जित भएको छ ।

त्यस्तै उक्त खेलबाट विभागीय एपीएफ भने सेमिफाइनल पुगेको छ । अब, एपीएफले आयोजक बेलबारी डांगीहाट युथ क्लबसँग सेमिफाइनल खेल्नेछ । सिधा बाई पाएर क्वार्टरफाइनल खेलेको आयोजक डांगीहाट युथ क्लबले झापाको रोलिङ क्लबलाई हराउँदै सेमिफाइनल पुग्न सफल भईसकेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला