महानगरको गाउँ क्षेत्रको विकासमा पहल गर्छौं : लामिछाने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, १९ कात्तिक ।
कास्की–२ मा गठबन्धनका तर्फबाट प्रदेशसभा २ (क) का उम्मेदवार विश्वप्रकाश लामिछानेले पोखराको ग्रामीण क्षेत्रको विकास गर्न पहल गर्ने बताएका छन् ।
पोखरा ३३ भरतपोखरी, मालागिरीमा पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी अभियानमा लामिछानेले भरतपोखरी क्षेत्र महानगर बनेपनि महानगरबासीले प्राप्त गर्ने सेवाबाट बञ्चित भएकाले आफू निर्वाचित भएमा समान विकासमा जोड दिने बताए । आफ्नो योजना ५ दलको साझा कार्यक्रम भएकाले गठबन्धनले जित्नुपर्ने उनको भनाई थियो ।
जनतासँग मत माग्दै विजय भएपनि नभए पनि ५ वर्ष जनताको साथी र अभिभावक भएर साना र ठुला समस्या समान गर्न पहल गर्ने उनले बताए । अघिल्ला निर्वाचितहरुले शिक्षा, स्वास्थ्य लगायतका बिकासको क्षेत्रमा भनेजति ध्यान नदिएको उनले जनाए । आफूहरु पर्यटकीय केन्द्रको रुपमा बनाउन लागि परेकाले जिताउन आग्रह गरे ।

पार्टी भन्दा पनि प्रालि जस्तो भएर मुलुकको संविधान धरापमा परेको कारण गठबन्धनको परिकल्पना गरिएको उनको भनाई थियो । मुलकको बिकासको लागि गठबन्धनले जित्न आवस्यक रहेको उनले बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु बराल चुनाव हारजित भन्दा मतदाताको मन जित्नु ठुलो कुरा भएको बताए । पछिल्ला समय गठबन्धनका उम्मेदवारले जित्ने वातावरण भएकाले जनप्रतिनिधि भएपछि जनताको सुख दुखमा साथमा हुनुपर्ने धारणा राखे । गठबन्धनका उम्मेदवार हारे संबिधान नै जोखिममा पर्न सक्ने उनको तर्क थियो ।

क्षेत्र नम्बर २ (क) का प्रचार प्रसार संयोजक दिनेश आचार्य जनताको समस्या भए गठबन्धनले सहकार्य गर्ने बताए । जनताले चाहेको शिक्षा स्वास्थ्यमा निशुल्क, व्यापार व्यवसाय गर्न । स्वास्थ्य बिमा लगायतका कार्यक्रम राम्रोसँग चलाउनुपर्ने उनको धारणा थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला