विकासका लागि एमालेको विकल्प नरहेको पोखरा २३ का मतदाताको प्रतिक्रिया

नगेन न्यूज
  • ख-
  • ख+

कार्तिक १९,पोखरा ।
नेकपा एमाले कास्की क्षेत्र नम्बर ३ का उम्मेदवारहरुले शनिबार पोखरा–२३ का विभिन्न स्थानमा घरदैलो गरेका छन् । प्रतिनिधी सभा सदस्यका उम्मेदवार दामोदर पौडेल (बैरागी) र क्षेत्र नम्वर ३ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार राजिव पहारीले सो क्षेत्रका स्थानियसँग भोट अपिल गर्दै त्यहाँ पुगेका हुन् । उम्मेदवारहरुलाई आफ्नों घर आँगनमा पाउँदा त्यस क्षेत्रका जनताहरु उत्साहित भए । उनीहरु स्वतःस्फुर्त घरबाट निस्किदै उनीहरुको घरदैलो कार्यक्रमलाई समेत साथ दिए ।

पोखरा २३ का स्थानियले सो क्षेत्रका निवर्तमान सांसद समेत रहेका राजिव पहारीले ३० वर्षदेखि पुल बनाउने आफुहरुको सपना साकार पारेको भन्दै फेरी पनि पहारीलाई नै उम्मेदवार पाउँदा खुसी लागेको बताए । बस्ती संरक्षणका लागि दिनरात र वर्षातको समेत प्रवाह नगरी जनसेवामा खटेका पहारीको योगदान आफुहरुले नविर्सिएको घाँटिछिना, ठूलाखेतका स्थानियहरुको प्रतिक्रिया छ । त्यस्तै लामो समयदेखि निष्ठाको राजनीति गर्दै आएका दामोदर बैरागी विजयी भएपछि जनसेवामा पनि त्यसरी नै लाग्नेमा उनीहरुले विश्वास व्यक्त गरे ।

शनिबार उम्मेदवार बैरागी र पहारी वडा नम्बर २३ स्थित असलचौर, लोखलढुङ्गा, बाम्दी, निर्माने, खोरपाखा, चैनपुर, बाम्दी लगायतका स्थानमा पुग्दा त्यहाँका आमा समुह, युवा समुह लगायतले स्वागत गरेका थिए । उनीहरुले विकासको विकल्प एमाले बाहेक अरु नभएको बताउँदै फेरी पनि एमालेकै उम्मेदवारलाई विजयी गराउने संकल्प गरे । यसअघि उम्मेदवारद्वय पहारी र बैरागीले शुक्रबार पोखरा–२४ स्थित कास्कीकोट, पामे, लौरुक, कार्कीको तहरा, खोरियापानी, गैह्रावारी, मौला,पाटेस्वाँरा, लौसिवोट, खड्गाउँ लगायका स्थानहरुमा घरदैलो गरेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला