जनताको आधारभूत आवश्यकतामा ध्यान दिन्छौं : लामिछाने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, १८ कात्तिक ।
कास्की–२ मा गठबन्धनका तर्फबाट प्रदेशसभा २ (क) का उम्मेदवार विश्वप्रकाश लामिछानेले जनताको आधारभूत आवश्यकतामा साथ दिने बताएका छन् ।

पोखरा ३३ भरतपोखरी डाडाँगाउँमा पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी अभियानमा लामिछानेले भरतपोखरी क्षेत्रको विकासका लागि नयाँ अवधारणा अवलम्बन गर्ने बताए ।

उनले आफु त्यस भेगका जनताका आधारभुत आवश्यकता र समस्यासँग परिचित भएकोले आधारभुत आवश्यकता र समस्या समाधान गर्ने आफ्नो पहिलो प्राथमिकता भएको उनको भनाई थियो ।

यहाँको आवश्यकता भनेको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारको विकास भएको बताए । जनताको समस्या समाधान गर्न गठबन्धनका उम्मेद्वार जिताउनुपर्ने उनको भनाई थियो । ‘राज्यको पुनर्संरचना पछि हामीले महानगर त बनायौं तर महानगर भएपछि पाउनुपर्ने सुविधा यहाँका जनताहरुले पाउन सकिरहेका छैनन्, ‘गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराईदिनुहोस हामी यहाँको शिक्षा, स्वास्थ्य, खानेपानी लगायत यहाँहरुको आधारभूत आवश्यकतामा सँगै हुनेछौं ।’

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला