‘गाउँमै रोजगारी र आम्दानी पहिलो प्राथमिकता’–एमाले उम्मेदवार गुरुङ

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा,१८ कार्तिक ।
मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि कास्की क्षेत्र नम्वर १ का एमाले उम्मेदवार मनबहादुर गुरुङले गाउँमै रोजगारी र आम्दानी दिने कार्य आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।

उनले शुक्रवार रूपा गाउँपालिकाको वडा नम्वर ४ मा घरदैलो कार्यक्रम गर्दै आफ्नो निर्वाचन क्षेत्रमा रोजगारी र आम्दानी दिनको लागि आफु चुनावको मैदानमा आएको बताए । ‘युवालाई विदेशिन नपर्ने, यही रोजगारीको सिर्जना गर्नु मेरो पहिलो प्राथमिकता हो ।’ गुरुङले भने–‘अबको बाटो भनेकै विकास र समृद्धिको हो । तपाईहरुको मत खेर जान दिने छैन ।’

निर्वाचन क्षेत्रका जनतालाई आफूले उत्साह दिलाउने गरी काम गर्ने उनको प्रतिवद्धता छ । ‘विकास निर्माणको काम गर्दा राजनीति पुर्वाग्रह राख्दिन् ।’उनले भने–‘हाम्रो उम्मेदवारी गठबन्धनको विरुद्ध होइन् । यहाँको अशिक्षा र पछौँटेपन अन्त्य गर्न हो । विकास गर्न हो । कसलाई भोट दिने भन्ने कुरा भविष्य हेरेर दिने हो । कुन पार्टीले के गरेको छ । त्यो राम्रोसँग बुझनुप¥यो । पूरातन हिसाबले हेरेर भोट दिन बन्द गर्नुस् । काम गर्नेलाई दिनुस् ।’ गुरुङले देश राजनीतिक अस्थिरताको चपेटामा परेकाले आउँदो निर्वाचन देशलाई स्थायी सरकार गठन कडी भएको बताए ।

उनले एमाले सरकार ढलेपछि विकास निर्माणको काम ठप्प भएको भन्दै केन्द्रमा केपी ओली प्रधानमन्त्री र प्रदेशमा खगराज अधिकारी मुख्यमन्त्री बनेपछि विकासको लहर चल्ने ठोकुवा गरे । गाउँमा सडक, विद्यालय, विजुली, पानी र स्वास्थ्य केन्द्र पुगेर पनि आम्दानी र रोजगारी पु¥याउन आफ्नो उम्मेदवार भएको उनले दोहार्याए ।
क्षेत्र नम्बर १ (क) का प्रदेश सभा सदस्य उम्मेदवार खगराज अधिकारीले अब एमालेको बहुमतको सरकार बनेपछि विकासको लहर आउने बताए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला