संसद हुँदा काठमाण्डौँ र अघिपछि जनतासँगै हुन्छु : श्रीनाथ बराल

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, १८ कार्तिक ।
पाँच दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य पदका साझा उम्मेदवार श्रीनाथ बरालले कास्की जिल्लाको समग्र विकासको योजना निर्माण गर्न विगतमा आफूहरूले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

पोखरा ३३ भरत पोखरी डाँडा गाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार बरालले भने, ‘हामीले विगतमा समग्र कास्की जिल्लाको विकासको योजना निर्माण, ग्रामीण पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगार, यातायात गुरुयोजना, कृषि पर्यटन र निर्मल पोखरी–भरत पोखरी खानेपानी योजनाको सुरुवात लगायत महत्त्वपूर्ण योजनाहरू हाम्रै सक्रियतामा थालनी गरिएका हुन् ।’ आफूहरू यस क्षेत्रको थप विकासका लागि प्रतिबद्ध रहेको उनले बताए ।

पाँच दलीय गठबन्धनका साझा उम्मेदवार बरालले कास्की २ मा विद्यमान तमाम समस्याहरू समाधानका लागि आफू स्पष्ट योजना सहित आएको बताए । ‘यस क्षेत्रमा खानेपानीको समस्या अझै विकराल छ, त्यसैगरि हामीले गरिबी न्यूनीकरणमा उल्लेख्य प्रगति हासिल गर्न चाहन्छौ, किसानहरूलाई धनी बनाउँदै कृषिमा आधुनिकीकरण गर्ने हाम्रो लक्ष्य छ, यस क्षेत्रका बाटाघाटाहरुलाई व्यवस्थित गर्ने र महिला तथा युवाहरूलाई आत्मनिर्भर बनाउन उद्यमशीलता विकास र सुकुम्बासीहरुलाई भूमिको मालिक बनाउन हामी योजना सहित अगाडी बढिरहेका छौँ ।’

आफू हमेशा जनताको बीचमा रहेर काम गर्ने जनप्रतिनिधि बन्न चाहेको उनले बताए । ‘निर्वाचित जनप्रतिनिधि हुँदा र नहुँदामा मेरो व्यवहारमा कुनै फरक हुने छैन । म काठमाण्डौ बसेर चुनावका मुखमा मात्र देखिने जनप्रतिनिधि बन्न चाहन्न, उनले भने, म मिटिङ हुँदा काठमाण्डौ भेटिने र अघिपछि तपाँईहरु कै गाउँ टोलमा देखिने प्रतिनिधि बन्न चाहन्छु, म राम्रोसँग काम गर्नेछु, यहाँको सेवक भएर काम गर्नेछु, यहाँको वारेस भएर काम गर्नेछु । म यहाँहरूको मतको सम्मान गर्नेछ र त्यसलाई खेर जान दिनेछैन ।’ उनले फरक राजनीतिक आस्थाको समेत आफूले सम्मान गर्ने उनले बताए ।

विकासका सवालमा समयको गति र स्थानीय आवश्यकतालाई पछ्याउने उम्मेदवार बरालले बताए । ‘समयको गतिलाई हामी बुझ्छौँ, समय परिवर्तनशील छ । हामी युवाहरूको चाहानालाई नजिकबाट बुझेका छौँ, महिलाहरुको चाहाना के छन भन्नेमा पनि हामी जानकार छौँ, बरालले भने विकासमा विलम्ब गरिने छैन र ग्रामीण पूर्वाधार निर्माणमा जोड दिइनेछ ।’ यस क्षेत्रका बाटा घाटा र नालाहरूलाई व्यवस्थित गर्ने, सडकहरूको स्तरोन्नति गर्ने, कृषि आधुनिकीकरण सहित मल, बिउ र प्रविधिको सहज उपलब्धता, पशुपालनलाई व्यवस्थित गर्ने, कृषि पर्यटनको विकास गर्ने, सहर पसेकाहरूलाई गाउँ फर्कने वातावरण निर्माण गर्ने, प्रसूती र बाल अस्पताल निर्माण स्पष्ट योजनाहरू आफूहरूसँग रहेको उम्मेदवार बरालले बताए ।

उनले नागरिकलाई गुणस्तरीय स्वास्थ्य र शिक्षाको ग्यारेन्टी गरिने समेत बताए । विकासको नयाँ मोडेल लागु गर्दै उदाहरणीय कार्य गर्ने उनले प्रतिबद्धता पनि जाहेर गरे । नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका बराल पाँच दलीय गठबन्धनका साझा उम्मेदवार हुन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला