पोखरा विश्वविद्यालयमा सेवा आयोगका नवनियुक्त पदाधिकारीलाई स्वागत

नगेन न्यूज
  • ख-
  • ख+

कात्तिक १५, पोखरा ।

पोखरा विश्वविद्यालय सेवा आयोगका नवनियुक्त अध्यक्ष र सदस्यलाई स्वागत तथा बधाई कार्यक्रम पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सोमबार सम्पन्न भएको छ ।

पोखरा विश्वविद्यालय सेवा आयोगका नवनियुक्त अध्यक्ष प्रा तीर्थराज अर्याल र सदस्य प्रा डा उमानाथ बराललाई विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र रजिष्ट्रार प्रा डा दीपकबहादुर भण्डारीले खादा ओढाइ स्वागत तथा बधाई दिए ।

सेवा आयोगका नवनियुक्त अध्यक्ष प्रा तीर्थराज अर्यालले विश्वविद्यालयको नियम, कार्यविधिअनुसार आयोगका काम कारबाही अगाडि बढाउने बताउदैं प्राप्त जिम्मेवारीलाई सबैको साथ सहयोगले सफलता पुर्वक सम्पन्न गर्ने बताए ।

 

कार्यक्रममा उपकुलपति प्राडा अर्यालले विश्वविद्यालयको गरिमा उँचो राख्न सेवा आयोग सक्षम हुने बताउदै शिक्षक तथा कर्मचारीको सही व्यवस्थापन हुने विश्वास व्यक्त गरे ।

रजिष्ट्रार भण्डारीले सेवा आयोग विश्वविद्यालयको मेरूदण्ड भएको बताउँदै विवादरहित तरिकाले राम्रा र सक्षम शिक्षक तथा कर्मचारी छनोटमा आयोगको योगदान महत्वपूर्ण रहने बताए ।

सदस्य प्रा डा उमानाथ बरालले पोखरा विश्वविद्यालयको गरिमामय पहिचान रहेको उल्लेख गर्दै आपसी सहयोगमा आफ्नो पदीय दायित्व र कर्तव्य निर्वाह गर्ने बताए ।
विश्वविद्यायको सूचना अधिकारी लोकप्रसाद ढकालका अनुसार प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाद्वारा पोखरा विश्वविद्यालय ऐन, २०५३ बमोजिम उनीहरू उक्त पदमा चार वर्षका लागि नियुक्ति भएका हुन् ।
प्रा अर्याल अङ्ग्रेजी र प्रा डा बराल राजनीतिक शास्त्रका प्राध्यापक हुन् ।
कार्यक्रमको सञ्चालन सह–प्रशासक तारादेवी सापकोटाले गरेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला