
१०० बर्ष ईतिहास बोकेको अन्तरराष्ट्रिय चित्रकला प्रतियोगितामा कलाकार राजेन्द्र केसी उत्कृष्ट नव कलाकार घोषित भएका छन् ।
टेक्सस राज्यको सान एञ्जेलो शहरमा गत अक्टोबर २१- अक्टोबर २९ सम्म आयोजना भएको उक्त अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिने केसी एक मात्र नेपाली मूलका हुन् । एन प्लेन एयर टेक्ससको नवौ बार्षिक प्रतियोगिता एक प्रतिष्ठित अन्तर्राष्ट्रिय ज्युरीड प्रतियोगिता हो ।
उक्त प्रतियोगिता सहभागी हुन् छनौट हुनु पर्ने भएकोले डिसी क्षेत्रबाट ४ जना छनौट भएका मध्ये केसी पनि परेका थिए ।
कलाकार केसीलाई बेस्ट न्यू आर्टिस्ट अर्थात् उत्कृष्ट नव कलाकारको रुपमा घोषणा गरिएको छ ।अमेरिकाको डिसी महानगर क्षेत्रमा करिव एक दशक भन्दा बढी समय देखि बस्दै आएका कलाकार राजेन्द्र केसी डिसी क्षेत्रबाट सहभागी हुन् टेक्सस गएका हुन् भने आयोजकले नै सम्पूर्ण खर्च गरेको केसीले बताए । उनले हर्ष व्यक्त गर्दै अन्तरराष्ट्रिय चित्रकला प्रतियोगितामा सहभागी भै नेपाल र नेपालीको नाम प्रकाश पार्न सकिएकोमा गर्व लागेको बताए । उनको १० दिने टेक्सस बसाईमा उनले ५ दिनमा बनाएका १२ वटा चित्रहरु पुरै बिक्रि भएका छन् ।
काठमाडौँ जावलाखेल घर भै भर्जिनियाको फल्स चर्चमा बस्दै आएका कलाकार केसी अमेरिकामा जम्दै छन् ।