५ वर्षमा जनताको जीवन बदल्छौंः लामिछाने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा,१४ कार्तिक ।
कास्की निर्वाचन क्षेत्र नं २ ‘१’ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले जनताको घर घरमा परिर्वतन ल्याउने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

पोखरा ७ को ड्यामसाईडमा कास्की २ को प्रदेश सभा र प्रतिनिधि सभाको चुनावी क्षेत्रीय कार्यालय उद्घाटन कार्यक्रममा उनले अबको ५ वर्षमा जनताको जीवनशैलीमा परिवर्तन गर्ने गरी काम गर्ने अठोट गरे । लामिछानेले भ्रष्टचार नगर्ने र गर्न पनि नदिने वाचा गर्दै आफ्नो प्राथमिकतामा सुशासन रहेको जनाए ।प्रकृतिको संरक्षण गर्दै पोखराको विकास गर्ने योजना उनले सुनाए ।

 

अहिलेको गठबन्धन संविधानको रक्षा र कार्यान्वयन लागि बनेको उल्लेख गर्दै मुलुकको अग्रगतिका लागि गठबन्धको जित जरुरी भएको जनाए ।

गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं २ मा उम्मदेवारी दिएका एकिकृत समाजवादीका श्रीनाथ बरालले मुटु, महिला र बाल रोगको राम्रो उपचारको लागि पोखरामा विशिष्टिकृत अस्पताल बनाउने योजना सुनाए । पोखरालाई आइटी सहरको रुपमा विकास गर्ने, कास्की क्षेत्र न २ लाई विषेश मोडलबाट विकास गरेर अघि बढ्ने उनको योजना छ । विदेशी विद्यार्थीलाई नेपालमा पढ्न आउने वातावरण सहितको शिक्षण संस्था स्थापना गर्नुपर्नेमा उनको जोड छ ।

एकीकृत समाजवादीबाट समानुपातिक उम्मेदवार रत्ना गुरुङले लोकतन्त्र नै खतरामा परेकाले त्यसलाई टार्न अहिलेको गठबन्धन बनेको दाबी गरिन् ।

कास्की क्षेत्र नं २ का माओवादी इन्चार्ज रुद्र गौतमले गठबन्धनको उम्मेदवारको विजय निश्चत भएको दावी गरे । उनले देश विकासका लागि गठबन्धनको उम्मेदवारको जितको विकल्प नरहेको बताए ।

कास्की क्षे न २ क चुनाव प्रचारप्रसार समिति संयोजक दिनेश आचार्यले गठबन्धनको उम्मेदवारलाई किन भोट दिने भन्ने विषयमा बोलेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला