जनताको मतको कदर गर्नेछु : विन्दु कुमार थापा

नगेन न्यूज
  • ख-
  • ख+

कात्तिक १३, पोखरा ।
कास्की क्षेत्र नं.२ (ख) बाट प्रदेश सभा सदस्यका रुपमा उम्मेदवारी दिएका विन्दु कुमार थापाले जनताको मतको कदर गर्न आफु प्रतिबद्ध रहेको बताएका छन् । गण्डकी प्रदेश सरकारका बाहलवाला कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री समेत रहेका थापाले अबको आफ्नो बाटो भनेकै विकास र समृद्धिको भएको उल्लेख गरे ।

‘तपाईहरुको मतको कदर गर्नेछु । खेर जान अवश्य दिनेछैन । २०७४ सालको निर्वाचनमा जसरी यहाँहरुले विश्वास गर्नुभयो । आशा छ यसपाली पनि यहाँहरुको माया पाउनेछु । गएको ५ वर्ष नीति निर्माण गरियो । अब विकास र समृद्धि तर्फ प्रदेशलाई अगाडि बढाउने हो ।’, उनले भने ।

थापाले पोखरा ८ आफ्नै वडा पनि भएकाले यहाँका हरेक समस्यासँग आफु जानकार रहेको अभिव्यक्ति दिए । विकास र समृद्धिसँग जोड्ने विषयमा आफ्नो ध्यान केन्द्रित हुने भनाई उनको छ ।

यसअघि प्रदेश सांसद हुँदा पनि पोखरा ८ को विकासमा सक्दो पहलकदमी गरेको र आगामी दिनमा समेत यसको निरन्तरता हुने दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पोखरा ८ का मतदाता पनि विन्दु कुमार थापालाई पुनः प्रदेश सभा सदस्यको उम्मेदवारको रुपमा पाउँदा खुशी देखिन्छन् । आफ्नो तलब भत्ता सबै सामाजिक सेवामा खर्च गर्ने, कुनै लोभलालच नभएको विकासप्रेमी नेतालाई नै आफ्नो मत जाने भनाई मतदाताको छ ।
निरास भएका जनतालाई उत्साह दिलाउने गरी काम गर्न चुनावी मैदानमा आएको भनाई थापाको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला