पोखरा ३३ बाट बाइपास रोड निर्माण गर्ने योजना छ 

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ११ कात्तिक ।
कास्की निर्वाचन क्षेत्र नं २ ‘क’ का गठबन्धन तर्फबाट माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछाने पोखरा ३३ बाट बाइपास रोड बनाउने योजना रहेको बताएका छन् ।
पोखरा ३३ कालिकास्थानमा ५ दलिय गठबन्धनको प्रदेश सभा र प्रतिनिधी सभाको सम्पर्क कार्यालयको उद्दघाटन गदै उनले बाइपास रोडको योजना सुनाएको हुन ।
आफु पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष हुँदा उक्त क्षेत्रमा रिङ रोडको योजना सहित बाइपास रोडको अध्यन गरेको सुनाए । कोत्रोबाट पोखरा ३३ मा जोडेर बागमारा लगायतका क्षेत्र हुँदै बिरैटा हुँदै स्याङ्जा जाने बसको लागि रोडको परिकल्पना गरेको बताएका छन् । आफु प्रदेश सभाको उम्मेदवार रहेको सुनाउदै उक्त योजना आफपुले पुरा गर्ने सुनाएका छन् ।
लामिछाने  उपत्यका विकास समितिको अध्यक्ष भएर काम गर्दा नै चक्रपथ र बाइपास रोडको योजना रहेको उनले सुनाए ।
उनी ४० वर्ष अघि देखी पोखराका विभिन्न संस्थामा बसेर सामाजिक काम गर्दै आएका छन् । उनी पोखरा नगर विकास समितिको अध्यक्ष, अंमरसिंह मावीको अध्यक्ष, सेति नदी संरक्षण समितिको संयोजक, औद्योगिक समिति, कवि लेखनाथ पौडेलेको संग्रालय निर्माण समितिको विभिन्न पदमा बसेर काम गरेका छन् ।
गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं २ मा उम्मदेवारी दिएका एकिकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालले पोखरा ३३ हुँदै स्याङ्जा जाने बाइपास रोडको योजना अघि बढ्न तयार रहेको सुनाएका छन् ।
उनले बागमारमा कृषिको पकड क्षेत्र रहेको जानकारी दिदै कृषिका सामान उत्पादन विक्रि वितरण, प्याकेजिङ्, ग्रेडिङ लगायतको काम आफुले गर्ने सक्ने योजना रहेको सुनाए ।
साथै केही समयमा अघि पर्यटन मन्त्रलय टोली पर्यटन विद्यालय निर्माणको लागि पोखरा ३३ बागमारामा ध्यन गर्न आएको जानकारी दिदै । उक्त विद्यालय निर्माणको लागि आफुले पहल गर्ने सुनाए ।
उक्त कार्याक्रममा नेपाल काँग्रेस क्षेत्र नं २ का सभापती केशव प्रसाद निर्दोशीले गठबन्धनको उम्मेदवार इमान्दर र स्वच्छ रहेको जानकारी दिए । अहिलेको व्यवस्था जोगानको लागि पनि गठबन्धनलाई भोट दिनुपर्ने बताए ।
माओवादी केन्द्रको तर्फबाट सामानुपातिक उम्मेदवार जुविधा खातुन पोखरा ३३ को विकासको लागि पनि गठबन्धनको उम्मेदवारलाई भोट दिनुपर्ने बताइन ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला