योजना छन्, कार्यान्वयन गर्ने मौका दिनुस्ः लामिछाने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, ६ कात्तिक
माओवादी नेता विश्वप्रकाश लामिछानेले राज्यले आफूलाई मौका दिँदा कामयावी योजना निर्माण र कार्यान्वयनसमेत गरेकाले जनताले आफूलाई मत दिने दाबी गरेका छन् ।
कास्की २ (१) मा सत्ता गठबन्धनका साझा उम्मेदवार लामिछानेले पोखरालाई समृद्ध बनाउने र आधुनिक महानगर बनाउने योजना आफूसँग रहेको उल्लेख गरे ।

पोलिटिकल साइन्स सोसाइटी नेपालले आइतबार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘राज्यले दिएका सानातिना जिम्मेवारी सफलतापूर्वक पूरा गरेको छु । अब जनताले जिम्मेवारी दिनुभयो भने निराश नबनाउने खालको खाका मसँग छ ।’

 

आइतबारै पोखरा ७ मा भएको कार्यक्रममा लामिछानेले सत्ता गठबन्धनबिना देश अघि बढ्न नसक्ने तर्क गरे । एमाले नेतृत्वको सरकारले पटक पटक प्रतिगमन गरेको दाबी गर्दै उनले स्थिरता र समृद्धिका लागि गठबन्धनको विकल्प नभएको जनाए ।

गठबन्धनको पोखरा १७ को सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा उनले संविधानको रक्षाका लागि बनेको गठबन्धनलाई जनताले अनुमोदन गर्ने जनाए । उनले भने, ‘यो गठबन्धनले देशलाई अनिश्चयको यात्राबाट जोगाएको छ । कसलाई मत दिँदा देशको विकास हुन्छ भन्ने जनतालाई थाहा छ ।’
लामिछानेले पोखराको विकासका लागि बनेका योजना कार्यान्वयन र संविधानमा उल्लिखित मौलिक हक ग्यारेन्टी गर्न आफूले योगदान गर्ने उल्लेख गरे ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला