नेपाल तरुण दल पर्वत पैयुँ गाउँपालिकाको सभापतिमा अभि गुरुङ

नगेन न्यूज
  • ख-
  • ख+

पर्वत ।
नेपाल तरुण दल पर्वत पैयुँ गाउँपालिकाको सभापतिमा अभि गुरुङ चयन भएका छन् । पैयुँको प्रथम अधिवेशनबाट उनी चयन भएका हुन् । उनी सँगै उपाध्यक्षमा लक्ष्मण न्यौपाने, भिम सेन, सचिवमा कमल पौडेल, सचिवमा मिन प्रसाद भुसाल, सह—सचिवमा भिम बहादुर थापा, खिमानन्द न्यौपाने, कोषाध्यक्षमा सुर्य प्रसाद न्यौपाने चयन भएका छन् ।

गुरुङले पैयुँका तरुणलाई एकीकृत गरी आगामी निर्वाचनमा काँग्रेसलाई जिताउने गरी लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अग्रजको सल्लाहलाई अनुसरण गर्दै युवाहरुलाई समेट्ने गरी आफु लाग्ने भनाई उनको छ ।

तरुण दलको सभापति भएसँगै अभि गुरुङको राजनीतिक गतिविधिले समेत सक्रियता लिएको छ । २४ वर्षको कलिलो उमेरमा नै उनले नेपाली काँग्रेसको भातृसंस्था तरुण दलको पैयुँ गाउँपालिकाको जिम्मेबारी सम्हाल्ने अवसर पाएका छन् ।
भन्छन्,‘यो मेरा लागि ठूलो अवसर हो । पैयुँका तरुणहरुलाई संगठीत गर्दै आगामी यात्रा तय गर्नेछु । अहिले हाम्रो मिसन भनेकै मंसिर ४ गतेको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउनु नै हो ।’
पर्वत पैयुँका काँग्रेसीहरुको मन जित्ने गरी आफुले काम गर्ने भनाई उनको छ । गुरुङलाई पर्वतबाट प्रतिनिधि सभाका उम्मेदवार नेपाली काँग्रेसका नेता अर्जुन जोशी र पैयुँ गाउँपालिकाका अध्यक्ष राज मल्लले खादा माला र अबिर सहित जिम्मेबारी सुम्पिएका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला