
पोखरा । लायन्स क्लब अफ पोखरा सेन्टर सिटिको आयोजनामा शितलादेवी माध्यामिक विद्यालयका विद्यार्थीहरुका बीचमा ‘पिस पोस्टर कन्टेस्ट’ चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
कार्यक्रममा १४ प्रतियोगीले चित्र बनाएका थिए । स्थलगत रुपमै कोरिएका चित्रहरु मध्येबाट प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कृत गरिएको थियो । विश्व कला यात्री प्राज्ञ नगेन सिंह निर्णायक रहेको प्रतियोगितामा निश्चल सोमि मगर प्रथम, सन्ध्या सापकोटा द्वितिय र आकाश थापा तृतिय भए ।
उनीहरुले क्रमशः एक हजार, सात सय र पाँच सय रुपैयाँ पुरस्कार का साथै नगेन आर्ट एकेडेमीमा प्रथमलाई ७५%, द्वितियलाई ५०% र तृतियलाई २५% छुट पाए ।
प्रमुख अतिथी भक्तबहादुर केसिले कला संस्कृतिलाई जीवन्त राख्ने यस्ता प्रतियोगितालाई निरन्तरता दिँदै बालबालिकाको प्रतिभालाई प्रस्फुटन गर्नुपर्ने बताए ।
विश्व कला यात्री प्राज्ञ नगेन सिंहले कला विकासका लागि ललितकला विकास बोर्ड स्थापना गर्नुपर्ने बताउदै सबै बालाबालिका कलाकार भएको बताए । उनले पुरस्कृत बिद्यार्थीहरुलाई नगेन आर्ट एकेडेमीमा प्रथमलाई ७५%, द्वितियलाई ५०% र तृतियलाई २५% छुट दिने बताए ।
उक्त कार्यक्रममा शितलादेवी माध्यामिक विद्यालयका प्रधानाध्यपक बाबुराम अधिकारी, जोन चियरपर्सन डिकी कार्की, पुर्व अध्यक्ष राजेश सिल्पकार लगाएतले कार्यक्रमको शुभकामना दिएका थिए ।
कार्यक्रम भीष्म सुबेदिको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सुदिप शर्माले गरेका थिए ।