लौरो चुनाव चिन्ह लिएर खेमको घरदैलो, नागरिकको प्रतिक्रिया ‘हामीलाई विश्वास छ’

नगेन न्यूज
  • ख-
  • ख+

कात्तिक ५, पोखरा ।
कास्की क्षेत्र नं ३ (क) बाट उठ्दै छन् खेम तिमिल्सना । ‘राजनीतिमा अब युवा’ नारा बोकेर आउँदो प्रदेश सभा निर्वाचनको लागि उम्मेदवारी छ खेमको । जसको लागि घरदैलो कार्यक्रममा व्यस्त छन् उनी आजभोलि । उनको घरदैलो कार्यक्रम गर्ने शैली फरक छ । जति फरक उनको शैली छ त्यति नै फरक र उत्कृष्ट उनको घोषणापत्र र प्रतिबद्धतापनि । जसलाई लिएर उनी घर–घर पुगिरहेका छन् आजभोलि । निर्वाचनमा लौरो चुनाव चिन्ह छ उनको । उनको शैली र सरल व्यवहारले सबैलाई लोभ्याउँछ । न कुनै तामझाम । हातमा लौरो र पत्र बोकेर हिँड्छन् उनी । पत्रमा उल्लेख छन् उनले पूरा गर्ने वाचा । शुक्रबार पनि उनी आफ्नै शैलीमा घरदैलो कार्यक्रममा निस्किए । जता पुग्छन् उनलाई सबैले सुन्छन् । उनको कुरामा आशा देख्छन् । पसलदेखि चौतारा र सार्वजनिकस्थल अनि घर–घर ।
पत्र लिएर शुक्रबार एउटा किनारा पसलमा पुगे खेम । उनको पत्र देखेर किराना पसलका व्यक्तिले बुढी औंला देखाएर शुभकामना दिए । प्रशंसा गरे उनको । अक्सर जहाँ पुग्छन् यस्तै प्रतिक्रिया पाउँछन् उनी ।
जता पुग्यो सबैको प्रतिक्रिया हुन्छन्,‘हामीलाई विश्वास छ । अब युवाले नै गर्छन् । ठुला नेताले केही गरेनन् बाबु । तिमीहरुले गर्नुपर्यो ।’
त्यसैले पनि उनी विश्वस्त सुनिन्छिन् । खेम भन्छन् –‘हामी परिवर्तन चाहान्छौँ । अब राजनीतिमा हामी युवाको आवश्यकता छ । नयाँ भिजनको साथमा । परिवर्तनको लागि मैले चालेको कदममा अरुले साथ दिन खोज्दै हुनुहुन्छ । मेरो लौरो वृद्धको लागि आड र भ्रष्टचारीको लागि खबरदारी बन्छ ।’
पछिल्लो समयको राजनीतिक उतारचढाव र दलको गठबन्धनले पनि आजित छन् कार्यकर्ता र नागरिक । गठबन्धन नै गर्ने भए एकै दल किन नबनाएको प्रश्न उठ्न थालेको छ । यसैमा आक्रोशित र खबरदारी गर्न थालेका छन् युवाले । राजनीतिमा युवाको हस्तक्षेप स्थानिय तह निर्वाचनमा देखिन थालेको छ । जसका उदाहरण प्रशस्त छन् । राजनीतिमा युवाको हस्तक्षेपले नै अहिले ठाउँमा ठाउँमा युवाको उम्मेदवारी बढेको छ । जसले खबरदारी गर्दै अराजनीतिक शैलीप्रति । यहीँ क्रममा अगाडि बढेको हुन् खेम पनि ।
‘राजनीति अराजनीति तर्फ धकेलिदै गयो । जसको कारणपनि हजारौँ युवा दैनिक विदेशीनु पर्छ । सम्मानिय नेताहरुले हाम्रो लागि लडेर स्वतन्त्रता ल्याउनु भयो । गणतन्त्र देखाउनु भयो,’खेम भन्छन्,‘अब उहाँहरुको पालो विश्रामको हो । नयाँ ढंगमा बढ्नुपर्छ विकास । यसको सही व्यवस्थापनको जिम्मा अब युवाको काँधमा छ । नयाँ पुस्तालाई उज्जवल भविष्य देखाउने जिम्मा यो हाम्रो पुस्तामा छ ।’
मुख्य बजारदेखि ग्रामीण भेग पर्छन् खेमको क्षेत्रमा । सबैलाई बराबरी सम्बोधन गर्छन् उनी । मुख्यबजारमा व्यवस्थित शहरीकरण । ग्रामीणभेगको समस्या सम्बोधन । आफनो क्षेत्रमा पर्ने पर्यटकीय स्थलको प्रचारप्रसार । स्वास्थ्य र शिक्षामा विकास । यी सबैका लागि उनको योजना छन् । उनका योजना त राम्रा छन् जसले समाजको दिगो विकासमा उत्कृष्ट टेवा पुर्याउँछ । तर, उनलाई सहायता र समर्थन चाहिएको छ उनै जनताको । एमाले र कांग्रेसको पकड रहेको क्षेत्र मानिन्छ कास्की । विशेषगरी एमाले । परम्परागत मतदाताको बीचबाट कसरी उनले आफनो जीत निकाल्छन् त्यो त आउँदो निर्वाचनको मतपरिणामले नै देखाउँला । तर यसबीच अर्को ध्यान दिनुपर्ने विषय पनि छ । नागरिक परिवर्तन चाहान्छन् वा चाहादैन्न् । उनीहरुको रोजाइले नै देखाउने हो उनीहरुको इच्छा । परिवर्तनको लागि लौरो रोज्छन् वा उहीँ पूरानो र ठुला कहलिएका दल यो हेर्न रोचक हुनेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला