पोखरा ९ मा एमालेको ५ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा,४ कात्तिक ।
पोखरा महानगरपालिका वडा नम्वर ९ मा एमालेको ५ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा गरिएको छ । शुक्रवार कास्की निर्वाचन क्षेत्र न २ (२) अन्तर्गत पोखरा ९ मा नेकपा (एमाले) निर्वाचन परिचालन कमिटिको कार्यालय उद््घाटन गर्दै निर्वाचन परिचालन कमिटी घोषणा गरिएको हो ।

कार्यक्रममा मंसिर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका लागि कास्की २ (२) बाट एमाले उम्मेदवार मिना गुरूङले विकासको खाका एमालेसँग मात्रै भएको बताउँदै बीचमा भएको सरकार परिवर्तनले सो योजना पूरा गर्न नपाएको उल्लेख गरिन् । अवको निर्वाचनमा निर्वाचित भएर आएपछि ति योजना पूरा गर्ने उनको दृढता छ ।
उनले विकासको छलाङ्ग मार्ने योजना सहित उम्मेदवारी दिएको बताइन् । उम्मेदवार गुरुङले एमालेले कहिल्यै जनताका माझ झुट नबोल्ने र बोलेका कुरा पूरा गरेरै छाड्ने उल्लेख गरिन् ।

एमाले सधै जनतालाई अधिकार सम्पन्न र समृद्ध बनाउने योजनाबद्ध कार्यक्रम, व्यवसाय, सीप विकास, रोजगार तथा स्वरोजगार प्रव्रद्र्वन, युवा महिला दिदिबहिनीहरुको विकासका लागि लागेको भन्दै समुन्नत गण्डकी प्रदेश र उत्कृष्ट कास्की जिल्ला बनाउने सपना पूरा गर्नको लागि गुरूङले सुर्यमा मतदान गर्न आग्रह गरिन् ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटीका उपसचिव रश्मी आचार्यले एमाले सरकारको जनमुखी विकासदेखि अत्तालियर सत्ताबाट हटाइएको भन्दै जनताको मनको साथले अब बहुमतको सरकार निर्माण हुने उल्लेख गरे ।
कार्यक्रममा कास्की क्षेत्र नम्बर २(२) संयोजक दानबहादुर वाँनिया, उप संयोजक भेषराज पराजुली पोखरा नगर कमिटीका सचिव जिवन आचार्य लगायतका नेताहरूले एमालेको विजयका लागि गर्नुपर्ने जिम्मेवारीको सम्बन्धमा बोलेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला