पोखरा ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले गण्डकीका खेल पत्रकारको प्रशंसा गर्नुभएको छ ।
पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्तिम दिन पोखरा रंगशालामा रहेको मिडिया सेन्टरमा पत्रकारसँग भेट गरी गरेको कामको प्रशंसा व्यक्त गर्दै धन्यवाद दिनुभयो ।
उहाँ भन्नुभयो ‘नवौं राष्ट्रिय प्रतियोगिता मेरो लागि पहिलो थियो । मेरो नयाँ अनुभवसँगै गण्डकीका पत्रकारहरूले प्रतियोगितालाई सफल बनाउन जुन भूमिका खेल्नु भएको छ त्यो प्रशंसनिय छ ।’
नवौ राष्ट्रिय खेलकुद आफ्ना लागि पहिलो तर यस्ता ठुल्ठूला राष्ट्रिय खेलकुद तथा अन्तर्राष्ट्रिय खेलकुदहरू नेपाली खेलकुद पत्रकारहरूले गरेको कार्य आफूले सधैँ देख्दै र धेरै पटक व्यहोर्दै सम्हाल्दै आएको उल्लेख गर्दै गण्डकी प्रदेशका खेलकुद पत्रकारहरूबाट सन्देश अरू सबै प्रदेशका र केन्द्रका खेलकुद पत्रकारहरूले पनि लिएर जानु हुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।
नवौं राष्ट्रिय खेलकुदमा गण्डकीका पत्रकारहरूले जोश र जाँगरका साथ व्यवस्थित रूपमा कार्य गरेको देख्दा आफू पनि उत्साहित भएको बताउँदैं गण्डकी प्रदेशमा कार्यरत खेलकुद पत्रकारहरूले नवौं राष्ट्रिय खेलकुदमा निकै उत्कृष्ट, निकै व्यवस्थित खालको मिडियाको कामलाई सफल तुल्याएको बताउनुभयो ।