कार्तिक ३ पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्र्तगत कबड्डीमा डिफेन्डिङ च्याम्पियन नेपाली सेनाको त्रिभूवन आर्मी क्लवले दोहोरो स्वर्ण जितेको छ ।
बिहीबार पोखरामा सम्पन्न अन्तिम प्रतिस्पर्धामा पुरुषतर्फ लुम्बिनी प्रदेशलाई ४१–२० पोइन्टले पराजित गर्दा महिलातर्फ नेपाल पुलिस क्लवलाई ३०–२३ पोइन्टले पराजित गर्दै आर्मीले दोहोरो स्वर्ण जितेको हो ।
पुरुषतर्फ पराजित लुम्बिनी प्रदेश र महिलातर्फ नेपाल पुलिस क्लवले उपविजेत बन्दै रजत पदक चित्त बुझाएका छन् ।
प्रतियोगितामा पुरुषतर्फ सुदुरपश्चिम प्रदेश र नेपाल पुलिस क्लव र महिलातर्फ लुम्बिनी र सशस्त्र प्रहरी बल कास्य पदक विजेता बने ।
आर्मीले सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि महिला तथा पुरुष दुवै समुहमा स्वर्ण विजेता हो ।
यही असोज ३० गतेदेखि जारी प्रतियोगितामा महिला तथा पुरुषमा गरि सात प्रदेश र ३ विभागिय गरि १०– १० टिमको सहभागिता रहेको थियो ।