पदक विजेता खेलाडीलाई महानगरको सम्मान 

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा सहभागी भई पदक विजेता पोखरा महानगरवासी खेलाडी सहित प्रशिक्षकहरूलाई नगद सहित सम्मान गरिएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसी लगायतले ४१ जना पदक विजेता खेलाडीहरूलाई नगद सहित सम्मान गर्नुभएको हो ।
पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काका अनुसार हालसम्म प्रतियोगीताका विभिन्न इभेन्टहरूमा सहभागी पोखरा महानगरवासी खेलाडीहरूले ५ स्वर्ण पदक जितेका छन् भने २ वटा कांस्य तथा ५ रजत पदक जितेका छन् । यी सबै इभेन्टमा सहभागी ४१ जना खेलाडीहरूलाई महानगरपालिकाले नगद सहित सम्मान गरेको हो ।
स्वर्ण पदक विजेतालाई प्रति पदक नगद रु.१५ हजार (व्यक्तिगत) तथा समूहमा सहभागी प्रति खेलाडी नगद रु.५ हजार, कांस्य पदक विजेतालाई प्रति पदक रु.१० हजार (व्यक्तिगत) तथा समूहमा सहभागी प्रति खेलाडी नगद रु.५ हजार र रजत पदक विजेता खेलाडीहरूलाई प्रति पदक नगद रु.पाँच हजारका दरले सम्मान गरिएको हो ।
हलसम्म पुरुष ह्यान्डबल बल (समूह), फुल कनट्र्याक्ट करातेका अभिषेक तामाङ र अनीश बुढा, बडि बिल्डिङका विवेक हमाल र प्रदीप रेग्मीले स्वर्ण पदक प्राप्त गरेका छन् । यस्तै फुल कनट्र्याक्ट कराते कै रूपक नेपाली र शिव भुजेलले कांस्य पदक प्राप्त गरेका छन् । केही खेलमा सहभागी समूहहरूले ५ रजत पदक प्राप्त गरेका छन् । प्रतियोगिता सम्पन्न हुँदासम्म पदक प्राप्त गर्ने बाँकी खेलाडीहरूलाई प्रतियोगिता समापन लगत्तै सम्मान गरिने महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो ।
खेल कै दौरानमा खेलाडीहरूलाई गरिएको सम्मानले थप हौसला मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । खेलाडीहरूमा सकारात्मक ऊर्जाको प्रवाहका लागि यस्ता प्रकारका सम्मानहरू आवश्यक हुने तर्क समेत गर्नुभयो । पोखरा महानगरपालिका सदैव खेलाडी तथा खेलकर्मीहरूको साथैमा रहेको उहाँले विश्वास दिलाउनुभयो ।
पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले खेलाडीहरूको असल अभिभावकको भूमिकाका रूपमा महानगरपालिका रहेको बताउनुभयो । महानगरपालिका भित्रका खेलाडीहरूलाई प्रोत्साहन तथा हौसला प्रदान गर्नका लागि पोखरा महानगरपालिकाले आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमन्त प्रसाद आचार्यले शिक्षासँगै खेलकुद विकासका नियमित कार्यक्रमहरू सञ्चालन गरिरहेको जनाउँदै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा महानगरपालिकाका यति धेरै खेलाडीहरूको सहभागिता हुनुले आफूलाई निकै खुसी लागेको बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला