पोखरा ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको महिला फुटबलमा विभागिय टोली पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लब प्रदेश नम्बर १ लाई ३–० गोल अन्तरले पराजित गर्र्दै फाइनलमा प्रवेश गरेको हो ।
खेलको १३ आँै मिनेटमा पुलिस क्लबकी रेखा पौडेलले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएकी थिइन । खेलको १९ औँ मिनेटमा निर्मला विकले दोस्रो गोल गर्दे पुलिसको लागि गोल संख्या दोब्बर बनाएकी थिइन ।
खेलको ८० औँ मिनेटमा निर्मला उपाध्यले तेस्रोे गोल गरिन । मंगलबारको दोस्रो खेलमा एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब बीच प्रतिस्पर्धा हुँदैछ ।
फाइनल खेल बुधबार बिहान हुने तालिका रहेको छ ।