आर्मी र एपीएफलाई साइक्लिङमा एक–एक स्वर्ण

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।

गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत मंगलबार भएको साइक्लिङ प्रतियोगिताको इन्डिभिज्युल टाइम ट्रयाल विधामा नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ क्लवले एक÷एक स्वर्ण पदक जितेका छन् । आर्मीले महिलातर्फ र एपीएफले पुरुषतर्फको स्वर्ण पदक जितेको हो ।

पोखराको याम्दी–हेम्जा सडकखण्डमा भएको महिला इन्डिभिज्युल टाइम ट्रयाल विधातर्फको फाइनल खेलमा २० किलोमिटरको दुरी ३८ मिनेट ३१ सेकेण्ड ४१० मिलिसेकेण्डमा पुरा गर्दै नेपाल आर्मीकी उषा खनालले स्वर्ण पदक जितिन् ।
उक्त दुरी ४२ मिनेट २० सेकेण्ड ८८६ मिलिसेकेण्डमा पुरा गर्दै एपीएफकी हुमी बुढामगरले रजत पदक जितेकी छिन् । त्यसैगरी ४२ मिनेट ५५ सेकेण्ड ९६२ मिलिसेकेण्डमा दुरी पुरा गर्दै नेपाल आर्मीकै मञ्जुकुमारी खड्काले कास्य पदक जितिन् ।


आजै भएको पुरुषतर्फको इन्डिभिज्युल टाइम ट्रयाल साइक्लिङमा एपीएफले स्वर्ण र कास्य तथा नेपाल आर्मीले रजत पदक जितेका छन् । २० किलोमिटरको दुरी ३४ मिनेट ०४ सेकेण्ड ३०९ मिलिसेकेण्डमा पुरा गर्दै एपीएफका सुरज रानामगरले स्वर्ण पदक जितेका हुन् ।
त्यस्तै नेपाल आर्मीका हिमाल टमाटाले उक्त दुरी ३६ मिनेट ४५ सेकेण्ड ४१९ मिलिसेकेण्डमा पुरा गर्दै रजत पदक जिते । त्यसैगरी ३६ मिनेट ५० सेकेण्ड ४४६ मिलिसेकेण्डमा दुरी पुरा गर्दै एपीएफकै लक्ष्मण मल्लले कास्य पदक जिते ।
सात प्रदेश र तीन विभागिय गरी दश टिमको प्रतिस्पर्धा रहेको साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री र इन्डिभिज्युल टाइम ट्रयाल विधा सकिएको छ ।

अब बुधबार रोड रेस मास स्टार्ट विधा पोखराको हेमजामा हुनेछ । साइक्लिङमा विभिन्न ४ विधामा पुरुष र महिला गरी ८÷८ स्वर्ण, रजत र कास्यका लागि प्रतिस्पर्धा हुनेछन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला