म्याराथनमा पर्वत थापाठानाका अनिश स्वर्ण बिजेता, इतिहासमै रेकर्ड राख्न सफल

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
एथलेटिक्स म्याराथन दौडमा पर्वत जिल्ला फलेवास नगरपालिका वडा नं. २ थापाठानाका अनिशले जिते स्वर्ण जितेका छन् । राष्ट्रिय खेलकुदको इतिहासमा म्याराथनमा गण्डकीले स्वर्ण पदक जितेको यो पहिलो रेकर्ड हो ।

उनि हाल इण्डियन आर्मीमा कार्यरत रहेका छन् । उनले म्याराथन ४२.१९५ किलोमिटर २ घन्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । म्याराथन प्रतियोगितामा १८ जना सहभागी थिए ।
त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले रजत पदक जिते । उनले २ घन्टा २३ मिनेट १४ सेकेन्डमा पूरा गरे । सशस्त्र प्रहरी बल एपीएफका सन्तोषविक्रम विष्टले २ घन्टा ३० मिनेट ५४ ले दुरी पूरा गर्दै कास्य पदक जिते ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला