साइक्लिङ खेल भोलीदेखि, ४ विधामा १४० जना खेलाडी प्रतिस्पर्धा गर्ने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत हुने साइक्लिङ खेलको तयारी पुरा भएको छ ।
शनिबार (भोली) देखि शुरु हुने प्रतियोगितामा विभिन्न चार विधामा १ सय ४० खेलाडी प्रतिस्पर्धा गर्नेछन् ।
साइक्लिङ खेल उपसमिति सदस्य रन्जनराज भण्डारीले सात प्रदेश र तीन विभागिय गरि दश क्षेत्रबाट प्रतिस्प्रधा रहने साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री, रोड रेस इन्डीभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट विधामा खेलाइने बताउनुभयो । उहाँले डाउन हिल र क्रस कन्ट्री पोखराको ड्यामसाइड नजिक रानीबनको ट्रयाकमा खेलाइने र रोड रेस इन्डीभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट पोखराको याम्दी–हेम्जा सडकमा प्रतिस्पर्धा गराइने जानकारी दिनुभयो ।

नेपाल साइकल संघका प्रथम उपाध्यक्ष सुदिप पौडेलले साइक्लिङको तयारी पुरा भइसकेको हुँदा आज खेलाडीलाई ट्रयाक चिनाउने कार्य गरिएको जानकारी दिनुभयो ।
नेपाल साइकल संघ कास्कीका अध्यक्ष शंकर भण्डारीले साइक्लिङ जोखिमयुक्त खेल भएकाले सुरक्षालाई विशेष ध्यान दिइने बताउनुभयो ।

साइक्लिङ खेल अन्तर्गत शनिबार पोखराको तितेपानी रानीबनक्षेत्रको ट्रयाकमा डाउन हिल विधाको प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै आइतबारपनि सोहि क्षेत्रमा क्रस कन्ट्री विधामा प्रतिस्पर्धा हुने र त्यसपछिका खेल याम्दी–हेम्जा सडकखण्डमा हुने आयोजकले जनाएको छ ।

४ विधाबाट साइक्लिङमा पुरुष महिला गरि ८ स्वर्ण, ८ रजत र ८ कास्यका लागि खेलाडीहरु प्रतिस्पर्धा गर्नेछन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला