नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फेन्सिङको टिम इभेन्टमा बाग्मतीलाई २ स्वर्ण

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बुधबार भएको फेन्सिङको पुरुष फोयलतर्फ बाग्मती प्रदेशले नेपाली सेनालाई पन्छाउँदै स्वर्ण पदक जितेको छ । फेन्सिङमा बाग्मती प्रदेशको यो तेस्रो पदक रहेको छ ।

पोखरा रंगशालास्थित व्याट्मिन्टन कोर्टमा भएको यस प्रतियोगिताको फाईनल खेलमा नेपाली सेनाले रजत पदक प्राप्त गर्दा सुदूरपश्चिम र प्रदेश नं. १ ले भने कास्य पदक प्राप्त गरेका छन् ।

यस्तै महिला ईपीतर्फको खेलमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ । नेपाली सेनाले सशस्त्र प्रहरी बलका खेलाडीलाई पन्छाउँदै स्वर्ण जितेको हो । सशस्त्रले रजत पदकमा चित्त बुझाउँदा प्रदेश १ र सुदूरपश्चिमले कास्य पदक जितेको छ ।

त्यस्तै महिला सेवरतर्फको प्रतिस्पर्धामा पनि बाग्मतीले स्वर्ण, नेपाली सेनाले रजत र सशस्त्र प्रहरी तथा प्रदेश १ ले कास्य पदक प्राप्त गरेको छ । फेन्सिङको पछिल्लो अंक तालिका अनुसार बाग्मती प्रदेश र्शिष स्थानमा आउन सफल भएको छ ।

बाग्मतीले ४ स्वर्ण, १ रजत सहित ५ पदक प्राप्त गरेको छ । त्यसैगरी आर्मीले ३ स्वर्ण, ५ रजत र ६ कास्य सहित १४ पदक प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ ।

यता सशस्त्र प्रहरी १ स्वर्ण, ३ रजत र ६ कास्य सहित १० पदकका साथ तेसा्रे स्थानमा रहन सफल भएको छ भने सुदूरपश्चिम प्रदेशको १ स्वर्ण, २ कास्य सहित ३ पदक हासिल गर्दै चौथौमा पर्न सफल भएको छ ।

त्यस्तै प्रदेश नं. १ , ३ कास्य सहित अंक तालिकाको पाँचौं स्थानमा रहेको छ भने गण्डकी प्रदेशले अहिलेसम्म यस खेलमा १ कास्य पदक प्राप्त गरेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला