नारायण शाहीलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार नारायण शाहीलाई प्रदान गरिने भएको छ ।
पुरस्कारका लागि प्रतिभा छनोट समितिले उहाँको नाम सिफारिस गरेकोमा क्लवको कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेको हो ।
मोफसलकै प्रतिष्ठित क्लब सहारा क्लव पोखराले बर्सेनि प्रदान गर्दै आएको सो को पुरस्कार राशि २० हजार ५५५, दोसल्ला र सम्मानपत्र रहेको छ ।
काठमाडौंबाट २०५३ सालदेखि पत्रकारिता शुरु गर्नु भएको शाहीले करिब १५ वर्षदेखि पोखरालाई कार्यक्षेत्र बनाउँदै आउनुभएको छ ।
जनसम्मत डटकमका सम्पादक उहाँ एभरेष्ट मिडिया हाउसमा समेत कार्यरत हुनुहुन्छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी कार्यसमिति सदस्य पत्रकार शाहीको स्थायी घर तनहुँको भानु नगरपालिका वडा नं. ५ हो ।
पत्रकार नारायण कार्कीको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको थियो । सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट यसअघि १६ जना सम्मानित भइसकेका छन् ।

यस अघि कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, प्रेमनारायण न्यौपाने, राम गुरुङ, दीननाथ बराल, प्रदीप पौडेल, एकराज गिरि, सागरराज तिमिल्सिना, कृष्णमणि बराल, एमबि आस्था, सुरज श्रेष्ठ, विजय नेपाल, सन्देश श्रेष्ठ, इन्द्रप्रसाद पौडेल र दीपक परियार सम्मानित भईसकेका छन् ।
कास्की जिल्लालाई कार्यक्षेत्र बनाई खेलकुद बिटलाई प्राथमिकता दिई कम्तिमा १० वर्षदेखि पत्रकारितामा क्रियाशील हुनुपर्ने लगायत पुरस्कारको मापदण्ड कायम गरिएको छ ।

यसैबीच, क्लबले सहारा उत्कृष्ट सदस्य पुरस्कार २०७८ बाट सिद्धार्थ थापालाई पुरस्कृत गर्ने क्लव महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
क्लवको वार्षिकोत्सव अवसरमा यही भदौ ३० गते पोखरा १७, दोबिल्लास्थित सहारा एकेडेमीमा पुरस्कार वितरण गरिनेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला