राप्रपा नेपाल गण्डकी प्रदेशको बैठक सम्पन्न, निर्वाचत केन्द्रित विभिन्न कार्यक्रमहरु गरिने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, १० भदौ ।
राप्रपा नेपाल गण्डकी प्रदेशको बैठक सम्पन्न भएको छ । बैठकले आउँदो मंसिरको चुनावलाई लक्षित गरी विभिन्न निर्णयहरु गरेको छ ।
बैठकले प्रदेशस्तरीय संगठन चुस्त दुरुस्त बनाउनका लागि आगामी दिनहरुमा संगठन विस्तारको लागि सम्बन्धित जिल्ला संगठनलाई आवश्यकताअनुसार सहयोग गर्ने निर्णय गरेको छ । त्यसैगरी आगामी मंसिर ४ गते हुने संघीय संसद र प्रदेशसभा सदस्य निर्वाचनको लागि यस प्रदेश अन्तर्गतका जिल्लाहरुमा उम्मेदवार तय गर्ने र सो सम्बन्धी निर्वाचन लक्षित कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।
बैठकले राप्रपा नेपाल केन्द्रीय समिति, कार्य सम्पादन समिति र सचिवालय समितिको बैठकबाट भएका निर्णयहरुलाई कार्यान्वयन गर्न प्रदेश समितिले आवश्यक गृहकार्य गर्ने लागू गर्ने समेत निर्णय गरेको छ ।
साथै जिल्लाको संगठन सुदृढीकरण, विस्तार र निर्वाचन तयारीको लागि निर्वाचन लक्षित कार्यक्रम गर्ने, संगठनको आधारमा जिल्ला वर्गीकरण गर्ने निर्णय गरेको छ । यसका लागि सूर्य बास्तोला संयोजक र सन्जिव खाती, विर बहादुर तामाङ र गंगा थापा सदस्य रहेको अध्ययन अनुगमन समिति गठन गरी यही भदौ २३ गतेभित्र प्रतिवेदन पेश गर्ने समेत निर्णय गरेको छ ।
त्यसैगरी भदौ २२ गते गण्डकी प्रदेशका सबै जिल्ला अध्यक्षहरु, केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा जिल्लाको उम्मेदवार छनौट गरी भदौ २४ गते केन्द्रीय सचिवालयमा पठाउने निर्णय समेत गरेको छ ।
प्रदेश अध्यक्ष राजेन्द्र बहादुर अधिकारीको अध्यक्षतामा भएको बैठकमा राप्रपा नेपालका सहायक महामन्त्री धर्मकुमार गुरुङ, शिव कुमार बास्तोला लगायत केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सचिव सूर्य बास्तोलाले गर्नुभएको थियो ।
बैठक पश्चात केन्द्रीय सदस्यहरु भूमिजंग के.सी. र गंगा बहादुर थापालाई सम्मान गरिएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला