पुरानो टुडिखेलमा तीज मेला आजबाट

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, १० भदौ ।
नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज २०७९ को अवसर पारि पोखरा महानगरपालिका १ स्थित पुरानो टुडिखेलमा शुक्रबार अर्थात १० भदौदेखि ऐतिहासिक तीज मेला सुरु हुदैछ ।
इन्द्रेणी एकिकृत विकास केन्द्र, पोखरा १ को आयोजना तथा सुरताल इभेन्ट एण्ड मल्टिमिडिया प्रालिको व्यवस्थापनमा हुने मेला आउदो १६ भदौसम्म चल्नेछ् ।
मेलाको गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी बराल जिवनले उद्घाटन गर्ने मेलामा उद्घाटन पुर्व मेला स्थल पुरानो टुडिखेलबाट बिभिन्न जात जाति, आमा समुह, संघ सस्था, स्थानीय सहभागी झाकी सहितका र्र्याली पुनः मेला स्थलमा आएर उद्घाटन शत्रमा परिणत हुनेछ ।
प्रबेश नि शुल्क रहेको मेलामा मौलिक तीजगीत प्रतियोगिता, तीज गृहणी नृत्य, विद्यालय स्तरीय लोक नृत्य, गण्डकी प्रदेश स्तरिय छेलो लगायतका प्रतियोगिताहरु हुने आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिनुभयो ।
यसै गरि मेलामा दैनिक उपभोग्य सामान, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा, रेष्टुरेन्ट लगायत विभिन्न स्टलहरु सगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती सगै वाल उद्यान समेत रहनेछ ।
अध्यक्ष अधिकारीका अनुसार नेपाली कला संस्कृतीको संरक्षण गर्नु मेलाको मुख्यम उदेश्य रहेको छ ।
यसै गरि केन्द्रले पोखरा १ स्थित गाईघाट क्षेत्रमा निमार्ण गदै गरेको कृयापुत्री भबन निमार्णका लागि आर्थिक सहयोग जुटाउने उदेश्य समेत मेलाको रहेको अधिकारीले जानकारी दिनुभयो ।
नेपाली मौलिक कला र सस्कृतीलाई जगेर्ना गदै करिव दुई दशक अघिदेखि केन्द्रले तीज गीत प्रतियोगिता आयोजना गर्दै आएको केन्द्रका उपाध्यक्ष निरज विक्रम राणले जानकारी दिनुभयो । राणाका अनुसार केन्द्रले तीन वर्षअघि ०७६ सालमा पहिलो पटक तिजमेला आयोजना गरेको थियो । कोरोनाका कारण गएको दुईवर्ष हुन नसकेकोको मेलालाई यसवर्षदेखी निरन्तरता दिन लागेको उहाँले जानकारी दिनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला