पोखरा २६ कृषि संजालको संयोजकमा ढुंगाना

नगेन न्यूज
  • ख-
  • ख+

लेखनाथ, भदौ ०९ ।
पोखरा महानगरपालिका वडा नं. २६ मा विहिबार भएको कृषकहरुको भेलाले केशवराज ढुंगानाको संयोजकत्वमा कृषि संजाल गठन भएको छ ।
संजालको सहसंयोजकमा देवी ढुंगाना, सचिवमा इश्वरराज भण्डारी, सहसचिवमा सावित्री ढकाल तिवारी र कोषाध्यक्ष कमल रानाभाट रहेका छन् । संजालको सदस्यमा इश्वरी प्रसाद अधिकारी, टंक प्रसाद सिग्देल, संजिव राजभाट, बिष्णुमाया बस्ताकोटी, डेट प्रसाद पनेरु, सुर्य प्रसाद बंजरा, प्रमोद थापा, बलराम सापकोटा, पदम बहादुर बि.क, सागर बराल, बद्रीनाथ भण्डारी रहेका छन् । यसैगरी धरणीधर बराल, चित्रमाया पोखरेल अधिकारी, बेल कुमारी न्यौपाने, सुकु माया राजभाट र इन्द्र सुवेदी रहेका छन् ।
भेलालाई सम्वोधन गर्दै, पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले कृषिका लागि प्राप्त हुने अनुदान लक्षित बर्गमा नपुगेको गुनासो आएको बताउँदै, सचेत हुन आग्रह गर्दै प्रविधिको प्रयोग गरी उत्पादनको बृद्धिमा जोड दिनु पर्ने बताउनुभयो ।
कार्यक्रममा पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले सूचनाको अभावमा बास्तबिक कृषक अनुदानको पहुच भन्दा बाहिर पुगेको उल्लेख गर्दै, संजालले सवैलाई जोड्न आग्रह गर्नुभयो ।
संजालका अध्यक्ष धर्मदत्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य तिर्थबहादुर राजभाट, सुदिपराज ढुंगाना, स्थानीय समाजसेवी हरिप्रसाद अधिकारी, वडा सचिव मिना भट्टराई भण्डारी, वडाका कर्मचारी लिलामणि भण्डारी, नवराज सापकोटा र नवनिर्वाचत संयोजक केशवराज ढुंगाना लगायतले मन्तव्य राखेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला