उच्च शिक्षा चाहनेलाई लक्षित गर्दै एभरेस्ट होटलमा शैक्षिक मेला

सुबी गुरुङ
  • ख-
  • ख+

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गर्दै नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भदौ १२ र १३ गते शैक्षिक मेला हुने भएको छ । २ दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मेला आयोजना हुने भएको हो ।

मेलाको मुख्य आयोजकहरुमा भिजन मिडिया इनकर्पोरेसन र एजुकेसन डट्कम छन् । लर्न लोकल्ली फिट ग्लोबल्ली भन्ने मुख्य नाराका साथ (स्टडी इन नेपाल) मेला आयोजना हुन लागेको हो । नेपालमै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका शैक्षिक संस्थाहरुमार्फत विद्यार्थीले मेलामा निशुल्क आवश्यक परामर्श पाउने छन् । मेलाको मुख्य प्रायोजकमा आईआईएमएस कलेज रहेको छ । बीबीए, एमबीए, एमएचएम, बीआईटी, बीआईएम, बीएचएम, बीटीटीएम, बीबीएम, बीएएसडब्लु, बीबीएस, बीएससी, सीएसआईटी, बिडेभ्स लगायत कोर्ष पढ्न चाहने विद्यार्थी मेलाबाट लाभान्वित हुनेछन् । मेलामा ४० भन्दा बढी कलेजहरु सहभागी हुने आयोजकले जनाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला