प्रहरीले खुला तिज गित प्रतियोगिता गर्ने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले भाद्र १४ गते सचेतनामूलक खुला तिज गित प्रतियोगिता गर्ने भएको छ ।
लागुऔषध दुर्ब्यसनि न्युनिकरण, मानव बेचविखन,जवर्जस्ती करणि तथा सामजिक अपराध न्युनिकरण, प्राकृतिक विपत बारे सचेतना र व्यवस्थापन , बाल विवाह तथा बहुविवाह रोकथाम तथा ट्राफिक नियम पालना सम्वन्धि सचेतना जगाउन सामुदायिकले खुला तिज गित आयोजना गर्ने भएको हो । प्रतियोगितामा सहभागि हुन संघसंस्था, आमा समूह तथा इच्छुकलाई सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले आह्वान गरेको छ ।
प्रतियोगितामा सहभागि हुन टिममा ७ जनादेखि १५ जनासम्म रहनुपर्ने र टिम दर्ता शुल्क १ हजार रुपैया लाग्ने आयोजनकले बताएको छ ।
साथै सहभागि टिमले आफ्नो प्रस्तुति प्रस्तुत गर्दा कुनैपनि जातजाति, राजनितिक दल, कुनै वर्ग र पक्ष विशेषहरुलाई आघात पुग्ने, लाल्छना लगाउने र भावनामा ठेस पुग्ने किसिमका शब्द प्रयोग गरी गाँउन नपाइने आयोजकले जनाएको छ ।
भाद्र १२ गतेभित्र दर्ता गरिसक्नुपर्ने बताइएको छ । प्रतियोगिताको विजेता टिमले नगद २५ हजार रुपैया प्राप्त गर्ने आयोजकले बताएको छ । त्यस्तै द्धित्तिय हुनेले २० हजार, तृतिय हुने टिमले १० हजार, सान्त्वताले ५ हजार रुपैया तथा उत्कृष्ट भेषभुषाले नगद ५ हजार प्राप्त गर्नेछन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला