एमाले सरकारमा आएर नागरिकता विधेयक सच्याउँछ : नेकपा एमालेका सचिव भट्टराई

सुबी गुरुङ
  • ख-
  • ख+

नागरिकता विधेयक एमालेको सरकार आएपछि परिवर्तन गर्ने नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान सरकारले संसद्‌बाट बलपूर्वक पारित गर्ने बताएका छन् ।

आइतबार पत्रकार भेटघाटका क्रममा भट्टराईले राष्ट्रपतिले संसद्‌मा फिर्ता गरेको नागरिकता विधेयकलाई शेरबहादुर देउवा सरकारले बलपूर्वक पास गरेको आरोप लगाए । ‘दोस्रोपल्ट गएको विधेयक राष्ट्रपतिले प्रमाणित गर्नुभन्दा अर्को बाटो छैन, त्यसैले मंसिरपछि एमालेको सरकार आउँछ र त्यो कानुनलाई सुधार गर्छ‚’ भट्टराईले भने । नागरिकताको सवाल ख्यालख्याल नभएको बताउँदै यस्तो विषयमा राष्ट्रिय सहमति बनाएर जान एमालेले आग्रह गरेको भट्टराईको दाबी थियो ।

वर्तमान गठबन्धनको सरकार विचार नमिल्नेहरूको समूह भएको भन्दै भट्टराईले विचार र सिद्धान्त नमिल्नेको गठबन्धन सम्भव नहुने बताए । ‘कानुनबाट नेपालमा कमलरी र कमारा प्रथाको अन्त्य भए पनि माधवजी र प्रचण्डहरू शेरबहादुर देउवाको कमलरी र कमारा बस्न गएका छन्‚’ भट्टराईले भने ।

निम्नवर्गका लागि लक्षित गरी घोषणापत्र ल्याउने तयारी गरेको र आसन्न निर्वाचनमा एमालेले छेउ लागेका  उनले बताए । एमालेको घोषणापत्र भदौभित्रै  आउने उनले बताए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला