नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तिम्सिना सम्मानित

नगेन न्यूज
  • ख-
  • ख+

४ भाद्र , पोखरा।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् केन्द्रीय कानुन विभाग प्रमुख अधिवक्ता सरिता तिम्सिना पगेनी सम्मानित हुनुभएको छ।तिम्सिनालाई शनिबार पोखरामा आयोजित स्वतन्त्र पत्रकार संघ कास्की शाखाको १० औं वार्षिक साधारणसभा एवम् सञ्चार क्षेत्रमा महिला सहभागिता विषयक अन्तरक्रिया समारोहमा स्वतन्त्र पत्रकार संघ नेपाल ,राष्ट्रिय समितिका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले दोसल्ला र सम्मान पत्र प्रदान गर्नुभयो ।

स्वतन्त्र पत्रकार संघ नेपालले राष्ट्र ,राष्ट्रियता र सुशासनका पक्षमा पत्रकारिताका माध्यमबाट खबरदारी ,साझेदारी एवम् पहरेदारी गर्दै स्वतन्त्र पत्रकारिताको पृष्ठपोषणमा संस्थागत तथा व्यक्तिगततर्फबाट पुर्याएको योगदानको कदर गर्दै तिम्सिनालाई सम्मान गरिएको स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखाका अध्यक्ष असफल गौतमले जानकारी दिनुभयो ।

विगत दुई दशकदेखि पोखरामा पत्रकारिता गर्दै आउनुभएकी पत्रकार महासंघका केन्द्रीय सदस्य तिम्सिना पोखरा पोष्ट डटकमका संचालक रसम्पादक एवम् रेडियो अन्नपूर्णका वरिष्ठ कार्यक्रम संचालक हुनुहुन्छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला