श्रममन्त्रीले मागे चुनवी खर्च कार्यकारी निर्देशक बनाइदिन्छु भन्दै

सुबी गुरुङ
  • ख-
  • ख+

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक बन्न सिफारिस गरिएका व्यक्तिसँग पार्टीलाई सहयोग गर्नुपर्ने र चुनावी खर्चको व्यवस्थापन गर्नुपर्ने भन्दै रकमको जोहो गर्न आग्रह गरेको पाइएको छ ।

मन्त्रीले त्यस्तो आग्रह गरेपछि नियुक्तिका लागि सिफारिसमा परेका व्यक्ति बिलखबन्दमा परेका छन् । यद्यपि, सिफारिसमा परेकाहरूले नियुक्ति खानका लागि राजनीतिक भेटघाटलाई अघि बढाउँदै आइरहेका छन् । कुँवर नेकपा एकीकृत समाजवादीका तर्फबाट श्रममन्त्रीका रूपमा कार्यरत छन् । मन्त्री कुँवरले वैदेशिक रोजगार बोर्ड तथा अन्य विभिन्न कोषबाट समेत मिलाएर चुनावी खर्चको व्यवस्थापन गर्न सक्ने व्यक्तिलाई बोर्डको कार्यकारी निर्देशक बनाउने गरी गृहकार्य अघि बढाएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । सिफारिस भएका तीनै जनाले आफुलाई नियुक्ति गर्नुपर्ने भन्दै राजनीतिक भेटघाटलाई तीव्रता दिँदै आएका छन् ।

सोही क्रममा मन्त्री कुँवरले सिफारिस भएकासँग कार्यकारी निर्देशक बन्न पार्टीलाई निर्वाचनमा रकमको जोहो गर्न सक्ने व्यक्ति हुनुपर्ने बताएको स्रोतको दाबी छ । सिफारिस भएका तीन मध्ये एक जनाले केही दिनअघि मात्रै मन्त्री कुँवरलाई भेटेर आफुलाई नियुक्त गरेमा वैदेशिक रोजगारमा देखिएका विभिन्न समस्यालाई समाधान गर्ने र वैदेशिक रोजगार बोर्डमा पनि व्यापक सुधार गर्ने भन्दै आफ्नो विस्तृत कार्ययोजना मन्त्रीसमक्ष सुनाएका थिए । तर, मन्त्रीले तपाइँ बोर्डमा आएपछि वैदेशिक रोजगार कोष तथा अन्य मातहतबाट चुनावी खर्चको पनि जोहो गर्नुपर्छ कि भन्दै घुमाउरो पाराले रकमको माग गरेका थिए । मन्त्रीको सो प्रस्तावपछि कार्यकारी निर्देशकको दौडमा रहेका र सिफारिसमा परेका ती व्यक्ति अचम्ममा परेका थिए । उनले आफुबाट त्यस्तोकाम नहुने भएकाले त्यस्तो गरेर नियुक्ति खान नसक्ने बताएका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला