नगेन आर्ट एकेडेमीमा सोभियत अधिकारीको भ्रमण

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
घामपानी मार्केट चिप्लेढुङ्गामा रहेको नगेन आर्ट एकेडेमीको सामाजिक व्यक्तित्व तथा कांग्रेसका नेता साभियत अधिकारीले भ्रमण गर्नुभएको छ ।
अधिकारीले विश्व कलायात्री सिंहको अल्कोहल ईंक (रक्सी रङ्ग ) माध्यमद्धारा युपो कागजमा र्सिजित कलाकृतिहरुको एकल रुपमा प्रदर्शनी भएको यो पहिलो पटक पोखरामा भएकोमा खुसी लागेको बताउदैं चित्रकलाको अवलोकन गर्दा उत्साह आएको र ललितकलालाई राज्यले सम्मान गर्नुपर्ने धारणा राख्नुभयो ।
अधिकारीले पोखरामा नगेन आर्ट एकेडेमीको स्थापना प्रशंशायोग्य रहेको बताउदै कला गतिबिधि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उँहाले कलाले राष्ट्रको गौरव बढाउनुका साथै पर्यटनको क्षेत्रमा समेत योगदान पुग्ने बताउनुभयो ।
विश्वकला यात्री नगेन सिँहले अब ललितकला बिकास बोर्डको आवश्यक रहेको बताउदैं कलाकार राष्ट्रका गहना होइनन् अभिन्न अंगका रुपमा घोषणा गर्नुपर्ने माग राख्दै नेतृतवले साथ दिनुपर्ने बताउनुभयोे ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला