काठमाडौं विश्वविद्यालयको ‘इम्प्रेसन’ शीर्षकमा कला प्रदर्शनी

सुबी गुरुङ
  • ख-
  • ख+

काठमाडौं विश्वविद्यालय, स्कुल अफ आर्टस्अन्तर्गत आर्ट एन्ड डिजाइन विभागले ‘इम्प्रेसन’ शीर्षकमा कला प्रदर्शनी सुरु गरेको छ ।सोमबारदेखि बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको प्रदर्शनीमा विभागअन्तर्गत ललितकला स्नातक९बि।एफ।ए० अन्तिम वर्षका २७ जना विद्यार्थीहरुका एक सयभन्दा बढी कलाकृतिहरु प्रदर्शनरत छन् ।

प्रदर्शनरत कलाकृतिमा विद्यार्थीले चित्र, प्रतिस्थापना तथा ग्राफिक्स डिजाइनमा कला सिर्जना अध्ययनका क्रममा उनीहरुका आ–आफ्ना अनुभव, कलाप्रति उनीहरुले राख्ने धारणा तथा दैनिक जीवनमा जोडिन आउने पक्षहरुलाई उनीहरूले निकै सुन्दर रूपमा कलाकृतिहरुमा अभिव्यक्त गरेका छन् ।

प्रदर्शनी उद्घाटनमा सहभागी ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नेपालमा कला, संस्कृति तथा ज्ञानको विकास र विस्तारका लागि यस्ता प्रर्दशनीले सहायता पुर्‍याउने बताए । उनले भने,‘कला तथा संस्कृतिको विकासका लागि नयाँ पुस्ता जोडिनुपर्छ । जोश, जाँगर र ऊर्जाका साथ नयाँ पुस्ता अगाडि आएमा हाम्रो कलाको विकास हुन सक्छ ।’विश्वविद्यालयको आर्ट एन्ड डिजाइन विभागले झन्डै दुई दशकदेखि कला सिर्जनामा नयाँ पुस्ताका कलाकार उत्पादन गरिरहेको छ । विभागले सुरुवातदेखि नै स्नातक अन्तिम वर्षका विद्यार्थीका गरेका कलाकृति प्रदर्शन गर्दै आएको छ । प्रदर्शनी शनिबारसम्म जारी रहनेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला