पोखराका सहकारीकर्मीहरुको आव्हान : सहकारीको पैसा सहकारीमै राखौ

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २४ साउन ।
पोखराका सहकारीकर्मीहरुले सहकारी क्षेत्रमा रहेको तरलताको रकम सहकारी बैंक तथा संघहरुमा नै राख्नु पर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडले सोमबार सांझ पोखरामा आयोजना गरेको सहकारीको समसामयिक अवस्था विषयक छलफल कार्यक्रमका सहभागीहरुले सहकारी क्षेत्रमा रहेको रकमलाई सहकारी बैंक लगायत सहकारीका वित्तीय कारोबार गर्ने संघहरुमा राख्नु पर्नेमा जोड दिएका हुन । सहकारीलाई समस्या आउदा सहयोग गर्ने, समन्वय गर्ने तथा नेतृत्वदायी भूमिका निर्वाह गर्ने सहकारीका निकायहरुलाई सवल, सक्षम र प्रभावकारी बनाउन सहकारीको रकम सहकारीमै राख्नु पर्ने उनीहरुको सुझाव थियो ।
पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि समग्र सहकारी अभियान एकतावद्ध हुनु पर्नेमा उहाँहरुको जोड थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका निवर्तमान अध्यक्ष रविरमण तिवारी, पूर्व सञ्चालक संगिता गौतम तिमिल्सिना, जिल्ला वचत तथा ऋण सहकारी संघका पूर्व कोषाध्यक्ष नारायण आचार्य, कोअपरेटिभ म्यानेजर्स क्लव कास्कीका अध्यक्ष अपिल कोइराला, संस्थापक अध्यक्ष मिलन ढकाल लगायतले सहकारीमा पछिल्लो समय देखिएका समस्या समाधानमा ऐक्यवद्धता आवश्यक रहेको बताउनु भएको थियो । उहाँहरुले सहकारीको रकम अन्यत्र राख्ने, अप्ठेरो पर्दा अभियान खोज्ने प्रवृतिमा सुधार आवश्यक रहेको समेत बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी.उप्रेतीले अभियानसंग सहकार्य नगर्ने, सहकारीको मर्म र भावना अनुसार नचल्ने तथा सहकारीलाई नै कमजोर बनाउने गरी काम गर्ने केही सहकारीहरुका कारण सहकारी क्षेत्रमा समस्या देखिएको बताउनुभयो । सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि अभियानका तर्फबाट पहल भैरहेको जानकारी गराउुभयो ।
राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले सहकारीको समसामयिक अवस्था र बैंकको भूमिकाका बारेमा जानकारी गराउनु भएको थियो ।
तरलता संकटका कारण सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि वित्तीय परिचालनसंगै सुशासन र व्यवस्थापनमा ध्यान दिनु पर्नेमा उहाँको जोड थियो ।
बैंकका अध्यक्ष उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेती र सञ्चालन बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले गर्नु भएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला